• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष
इतिहासमा कांग्रेस-१६

एघारौं महाधिवेशन : जब कांग्रेसले विधानबाटै ‘संवैधानिक राजतन्त्र’ हटायो

64x64
किशोर दहाल सोमबार, मंसिर २०, २०७८  २०:३०
1140x725

दशौं महाधिवेशनपछिको समय नेपाली कांग्रेस र राष्ट्रिय राजनीतिका निम्ति सुखद् रहेन। २०५८ जेठ १९ मा दरबार हत्याकाण्ड भयो। प्रधानमन्त्री रहेका बेला पार्टीसँग विवाद बढेपछि शेरबहादुर देउवाले प्रतिनिधि सभा विघटन गरे, अनि पार्टी विभाजन गर्दै नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन गरे। तत्कालीन राजा ज्ञानेन्द्रले २०५९ असोज १८ मा प्रधानमन्त्री देउवालाई घोषित निर्वाचन गर्न नसकेको भन्दै पदमुक्त गरे र आफूले इच्छाएका प्रधानमन्त्री नियुक्त गर्न सुरु गरे। अनि २०६१ माघ १९ गते ‘शाही कू’मार्फत् ज्ञानेन्द्रले आफैंलाई मन्त्रिपरिषद्को अध्यक्ष घोषणा गरे।

नेपाली कांग्रेसको एघारौं महाधिवेशन २०६१ फागुन १९-२२ सम्म वीरगञ्‍जमा हुने तय भएको थियो। त्यसको तयारी पनि अन्तिम चरणमा पुगेको थियो। तर, ठीक एक महिनाअघि राजा ज्ञानेन्द्रले ‘कू’ गर्दै नेताहरुलाई बन्दी बनाएर राखेपछि महाधिवेशन स्थगित भयो। त्यसपछि २०६२ भदौ १४-१७ को लागि महाधिवेशनको नयाँ मिति तय गरियो। यतिञ्जेल आफ्ना कृत्यका कारण राजतन्त्रले आफ्नो औचित्य गुमाइसकेको थियो। राजनीतिक दलहरु त्यसका विरुद्ध अन्तिम संघर्षको तयारीमा थिए।

कांग्रेस महाधिवेशन सुरुमा काठमाडौंको वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा गर्ने तय भएको थियो। त्यसका लागि उसले अग्रिम भाडा पनि बुझाइसकेको थियो। तर, अन्तिम समयमा सरकारले सो स्थल उपलब्ध गराउन इन्कार गरेपछि जावलाखेलस्थित खेल मैदानमा महाधिवेशन उद्‌घाटन समारोह आयोजना गरिएको थियो। बन्दसत्र भने कांग्रेसको निर्माणाधीन केन्द्रीय कार्यालय, सानेपामा भएको थियो।

एघारौं महाधिवेशनअघि भदौ १२ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले आफ्नो विधानबाट ‘संवैधानिक राजतन्त्र’ शब्द झिकेर राजतन्त्रप्रति मौन रहने निर्णय गरेको थियो। त्यसअघि कांग्रेसले आफ्नो विधानमा पार्टीको उद्देश्यलाई यसरी उल्लेख गरेको थियो- ‘राष्ट्रियता, प्रजातन्त्र, समाजवादको आदर्श एवं सिद्धान्तअनुरुप संवैधानिक राजतन्त्र, बहुदलीय व्यवस्था तथा संसदीय शासन प्रणालीको माध्यमबाट नेपालमा न्यायपूर्ण र गतिशील समाजको निर्माण गरी सामाजिक, राजनीतिक तथा आर्थिक विकास गर्नु नेपाली कांग्रेसको उद्देश्य हुनेछ।‘

भदौ १५ गते महाधिवेशनको बन्दसत्रबाट पारित गरिएपछि भने कांग्रेसको उद्देश्य यस्तो हुनपुग्यो- ‘राष्ट्रियता, प्रजातन्त्र, समाजवादको आदर्श एवं सिद्धान्तअनुरुप बहुदलीय व्यवस्था तथा संसदीय शासन प्रणालीको माध्यमबाट सार्वभौम जनताको सर्वोच्चता स्थापित गर्दै राज्यको पुनर्संरचना गरी समावेशी प्रजातन्त्रको अवधारणालाई कार्यान्वयन गर्दै नेपालमा न्यायपूर्ण र गतिशील समाजको निर्माण गरी सामाजिक, राजनीतिक तथा आर्थिक विकास गर्नु नेपाली कांग्रेसको उद्देश्य हुनेछ।‘

Ncell 2
Ncell 2
nimb
nimb

भदौ १४ मा महाधिवेशन उद्घाटन गर्दै सभापति गिरिजाप्रसाद कोइरालाले संवैधानिक राजतन्त्रका सन्दर्भमा कांग्रेस केन्द्रीय कार्यसमितिले गरेको निर्णयलाई प्रस्ट पार्दै भनेका थिए- ‘राजाले संवैधानिक राजतन्त्रबाट काँचुली फेरेर निरंकुशताको कवच भिरेका कारण नेपाली कांग्रेस पार्टीले पनि काँचुली फेरेको हो।‘

दशौं महाधिवेशनमा प्रस्तुत र पारित राजनीतिक प्रस्ताव तथा कार्यदिशामा राजसंस्थाको सन्दर्भमा भनिएको छ- ‘संवैधानिक राजतन्त्र जनता र राजाका बीच सम्झौताका रूपमा स्थापित मान्यता हो। यो सम्झौता स्वयं राजाबाट नै पटक-पटक तोडिएको सन्दर्भमा एकतर्फी रूपमा हाम्रो पार्टी विधानको प्रावधानमा समेत यो सान्दर्भिक रहन नसक्ने कुरा स्पष्ट छ।‘

महाधिवेशनमा महामन्त्री सुशील कोइरालाले पनि प्रतिवेदन पेस गरेका थिए। त्यहाँ उनले राजा ज्ञानेन्द्रको कदमको कडा आलोचना गरेका थिए। ‘जनताको अधिकारहरु खोसेर आफू निरंकुश शासक बन्ने राजाको महत्त्वाकांक्षामा २०५९ जेठमा जन-निर्वाचित संसद्लाई विघटन गरियो। त्यसपछि प्रत्येक क्षण मुलुकलाई प्रतिगमनतिर धकेल्ने योजना भइरहे। २०६१ माघ १९ वास्तवमा २०१७ पुस १ कै नयाँ संस्करण थियो,’ सुशील कोइरालाको प्रतिवेदनमा उल्लेख छ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

दशौं महाधिवेशनमा सभापतिका लागि गिरिजाप्रसाद कोइराला र नरहरि आचार्यले प्रतिस्पर्धा गरेका थिए। कोइराला तेस्रोपटक सभापति बन्न चाहिरहेका थिए। कांग्रेसको दशौं महाधिवेशनले सभापतिमा निरन्तर दुई पटकभन्दा बढी उम्मेदवार हुन नपाइने व्यवस्था गरेको भए पनि कोइराला तेस्रो पटक उम्मेदवार भएका थिए। कोइराला नवौं महाधिवेशनपछि सभापति भएका थिए। तर, कांग्रेस कार्यसमितिको बहुमतले दशौं महाधिवेशनले मात्रै विधान संशोधन गरेकाले कोइरालालाई तेस्रो पटक उम्मेदवार हुन बाधा नपर्ने व्याख्या गरेकाले उनी पुनः उम्मेदवार भएका थिए।

पार्टीलाई गणतन्त्रतर्फ डोर्‍याउन भूमिका खेलेका आचार्यले भने प्रतिकात्मक रुपमा उम्मेदवारी दिएका थिए। ‘मेरो उम्मेदवारी प्रतीकात्मक थियो। मैले जित्ने सम्भावना थिएन। मैले निर्वाचन परिणाम आउँदा मात्रै हारेको होइन, मेरो जित्ने सम्भावना नै थिएन। त्यसबाट मलाई आफ्नो अजेन्डालाई परिपक्व बनाएर कार्यकर्ता र नेपाली जनताको सामु जाने एउटा अवसर भयो। त्यसपछि नै मैले गणतन्त्रको लागि सम्पूर्ण नेपाल भ्रमण गर्ने गणराज्य अभियान सुरु गरेँ,’ कोइरालाविरुद्ध आफ्नो उम्मेदवारीको सन्दर्भमा आचार्यले नेपाल लाइभसँगको एक अन्तर्वार्तामा भनेका छन्।

भदौ १६ गते भएको निर्वाचनमा ‘हेभिवेट’ कोइराला नै विजयी भए। उनी तेस्रो पटक सभापति बने। उनले १२१५ मत पाए भने आचार्यले १६५ मत मात्रै पाए। निर्वाचनबाट टुङ्‍गो लाग्ने १८ जना केन्द्रीय सदस्यको लागि ७८ जना प्रतिस्पर्धी थिए। निर्वाचनमा सुशील कोइरालाले सर्वाधिक ९७६ मत पाएका थिए। निर्वाचित हुने अन्य सदस्यहरुमा रामचन्द्र पौडेल (९२७), डा शशांक कोइराला (९१८), अर्जुननरसिंह केसी (८५२), महन्थ ठाकुर (८५२), खुमबहादुर खड्का (७८१), बलदेव मजगैया (७७८), डा रामशरण महत (७७४), सुजाता कोइराला (७७४), डा रामवरण यादव (७६५), भीमबहादुर तामाङ (७०३), महेश आचार्य (७०१), मीना पाण्डे (६४९), कृष्णप्रसाद सिटौला (६४६), शैलजा आचार्य (६४५), बलबहादुर राई (५८३), चक्र बास्तोला (५३२) र मानबहादुर विश्वकर्मा (५१३) थिए।

यो पनि पढ्नुहोस्

२१ वर्ष अघिको महाधिवेशन : गिरिजालाई देउवाको हाँकशुक्रबार, मंसिर १७, २०७८

 

प्रकाशित मिति: सोमबार, मंसिर २०, २०७८  २०:३०
  • #कांग्रेस_महाधिवेशन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्