• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष

२१ वर्ष अघिको महाधिवेशन : गिरिजालाई देउवाको हाँक

64x64
किशोर दहाल शुक्रबार, मंसिर १७, २०७८  २०:४९
1140x725

कांग्रेसको दशौं महाधिवेशन २०५७ माघ ६-९ सम्म पोखरामा सम्पन्न भएको थियो। यस महाधिवेशनसँगै कांग्रेसको विधान झन् प्रजातान्त्रिक भयो। नवौं महाधिवेशनमा पाँच विकास क्षेत्रबाट एक-एक जना केन्द्रीय सदस्य निर्वाचित हुने प्रावधान लागू गरिएको थियो। दशौं महाधिवेशनबाट भने केन्द्रीय कार्यसमितिका ५० प्रतिशत सदस्य निर्वाचित गर्ने प्रावधान राखियो। जसअनुसार केन्द्रीय कार्यसमितिमा रहने १८ जना सदस्यको पनि निर्वाचन भएको थियो।

महाधिवेशनमा सभापतिका लागि गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा र रामहरि जोशी प्रतिस्पर्धामा उत्रिएका थिए। कोइराला यसअघि पनि सभापति थिए, जोशी अघिल्लो महाधिवेशनमा पनि प्रतिस्पर्धी भएका थिए। तर, देउवा भने नयाँ प्रतिस्पर्धी थिए। ‘देशका अगाडि देखिएका चुनौती सामना गर्ने पार्टी कांग्रेसलाई बनाउन मैले उम्मेदवारी दिएको  हुँ। गिरिजाबाबु, म र अन्य साथीहरुलाई पदको पीडा होला, तर माओवादी  समस्याका कारण मान्छेको ज्यान गइरहेको छ। पदको पीडा ठूलो कि मान्छेको पीडा ठूलो? तसर्थ अहिले यो ज्वलन्त समस्या हो। महिला, जनजाति, दलित, कुपोषण, अशिक्षा, बेरोजगारी जस्ता समस्या समाधान गर्छु भनेर मैले उम्मेदवारी दिएको हुँ’, २०५७ माघ ६ गते प्रकाशित साप्ताहिक विमर्शसँग देउवाले भनेका छन्।

१४७७ महाधिवेशन प्रतिनिधि (मतदाता) रहेको सो महाधिवेशनमा कोइराला नै सभापतिमा दोहोरिए। उनले ९३६ मत पाए। प्रतिस्पर्धी देउवाले ५०७ मत र अर्का उम्मेदवार जोशीले १० मत मात्र पाए। सभापतिमा उम्मेदवारी दिनका लागि ७ जना प्रस्तावक र ७ जना समर्थक आवश्यक पर्थ्यो। तर, जोशीले भने आफ्नै प्रस्तावक-समर्थकको मत पनि पाएनन्।

Ncell 2
Ncell 2
nimb
nimb

१८ जना केन्द्रीय सदस्यका लागि भएको  निर्वाचनमा रामचन्द्र पौडेलले सर्वाधिक १०१५ मत पाएका थिए। अन्य सदस्यहरुमा शैलजा आचार्य, प्रकाशमान सिंह, खुमबहादुर खड्का, प्रकाश कोइराला, महेश आचार्य, सुशील कोइराला, प्रदीप गिरि, नरहरि आचार्य, अर्जुननरसिंह केसी, कृष्णप्रसाद सिटौला, बलदेव मजगैया, महन्थ ठाकुर, बलबहादुर राई, विजयकुमार गच्छदार, गोविन्दराज जोशी, विमलेन्द्र निधि, चिरञ्जीवी वाग्ले निर्वाचित भएका थिए। सूचीका १२ जना कोइराला पक्षका हुन्। अर्थात् निर्वाचितमध्ये दुई तिहाइ सदस्य कोइराला पक्षका थिए।

सभापति कोइरालाले महामन्त्रीमा सुशील कोइराला र प्रवक्तामा नरहरि आचार्यलाई नियुक्त गरे। साथै, उनले आफ्ना प्रतिस्पर्धी लगायतलाई मनोनित गर्दै केन्द्रीय कार्यसमिति विस्तार गरे। जसअनुसार, महामन्त्रीमा सुशील कोइराला, कोषाध्यक्षमा महन्थ ठाकुर, सहमहामन्त्री गोविन्दराज जोशी मनोनित भए। त्यस्तै, सदस्यहरुमा कृष्णप्रसाद भट्टराई, शेरबहादुर देउवा, नोना कोइराला, चक्रप्रसाद बास्तोला, रामशरण महत, रामवरण यादव लगायत मनोनित भए।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

दशौं महाधिवेशनमा छलफल र निर्णयका लागि केन्द्रीय कार्यसमितिको २०५७ पुस २८ को बैठकद्वारा स्वीकृत नीति र कार्यक्रम पनि महाधिवेशनमा प्रस्तुत गरिएको थियो। ‘विक्रम सम्वत् २००३ सालतिर आफ्नो जन्मकालदेखि नै नेपाली कांग्रेसले मजदूर हडताल, हलो आन्दोलन, सामाजिक भेदभाव र जातिप्रथाको अन्त्य अनि सामन्ती शोषणको विरोधका कार्यक्रमहरुबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेको थियो। यसबाट के स्पष्ट हुन्छ भने मौलिक रुपमा नेपाली कांग्रेसको आन्दोलनको लक्षित वर्ग भनेको समाजको सबैभन्दा तल्लो तहमा थिचिएर रहेको विपन्न वर्ग हो। कांग्रेसको आधार भनेका किसान, मजदूर र दलित-उत्पीडित जनता नै हुन्’, सो नीति र कार्यक्रममा भनिएको छ।

नीति र कार्यक्रममा अन्तर्राष्ट्रिय सम्बन्धबारे उल्लेख छ- 'नेपाल-भारत बीचको सन् १९५० को शान्ति एवम् मैत्री सन्धिको पुनरावलोकन गरी परिवर्तित सन्दर्भमा सम्बन्धको नयाँ आधार खडा हुनुपर्दछ भन्ने हाम्रो धारणा छ। साथै, कालापानी लगायतका सीमा विवाद र समस्याहरु कूटनीतिक प्रयासबाटै समाधान हुनुपर्छ भन्ने हाम्रो अडान छ।

महाधिवेशनमा महामन्त्री सुशील कोइरालाले पनि प्रतिवेदन पेश गरेका थिए। आफ्नो प्रतिवेदनमा उनले कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाको नेतृत्वको छहारी पाइरहनु नेपाली कांग्रेसका निमित्त सौभाग्यको विषय भएको उल्लेख गरेका छन्। ‘आफ्ना आदर्श, एवं मूल्य र मान्यताहरुप्रतिको प्रतिबद्धताबाट टाढा हुन थालेपछि कतिपय ठूला-ठूला पार्टीहरुको पनि अस्तित्व संकटमा परेको हामीले देखेका छौं। नेपाली कांग्रेसलाई पनि अहिले त्यो संकटबाट जोगाउनुपर्ने घडी आएको छ। त्यसैले हाम्रो यो ऐतिहासिक दशौं महाधिवेशनमा हामीले हिजोका केही तिक्तता छन् भने तिनिहरुलाई त्यहीँ छाडेर, आफ्ना सानातिना मतभेदलाई बिर्सेर, हामी सबै एउटै परिवारका सदस्य हौं, आफ्नो घर र परिवारलाई हाम्रै एकता, हाम्रै समझदारी र हाम्रै क्रियाशीलताले जोगाउनुपर्छ, आफ्नो घर र आफ्नो परिवार नष्ट हुँदा हामी आफू पनि नष्ट हुने छौं, हाम्रा सम्पूर्ण कुराहरु नष्ट हुनेछन् भन्ने तथ्यलाई हामीले कहिल्यै बिर्सनु हुँदैन’, प्रतिवेदनमा भनिएको छ।
 

प्रकाशित मिति: शुक्रबार, मंसिर १७, २०७८  २०:४९
  • #कांग्रेस_१४औं_महाधिवेशन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्