• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, पुस ४, २०८२ Fri, Dec 19, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष

२१ वर्ष अघिको महाधिवेशन : गिरिजालाई देउवाको हाँक

64x64
किशोर दहाल शुक्रबार, मंसिर १७, २०७८  २०:४९
1140x725

कांग्रेसको दशौं महाधिवेशन २०५७ माघ ६-९ सम्म पोखरामा सम्पन्न भएको थियो। यस महाधिवेशनसँगै कांग्रेसको विधान झन् प्रजातान्त्रिक भयो। नवौं महाधिवेशनमा पाँच विकास क्षेत्रबाट एक-एक जना केन्द्रीय सदस्य निर्वाचित हुने प्रावधान लागू गरिएको थियो। दशौं महाधिवेशनबाट भने केन्द्रीय कार्यसमितिका ५० प्रतिशत सदस्य निर्वाचित गर्ने प्रावधान राखियो। जसअनुसार केन्द्रीय कार्यसमितिमा रहने १८ जना सदस्यको पनि निर्वाचन भएको थियो।

महाधिवेशनमा सभापतिका लागि गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा र रामहरि जोशी प्रतिस्पर्धामा उत्रिएका थिए। कोइराला यसअघि पनि सभापति थिए, जोशी अघिल्लो महाधिवेशनमा पनि प्रतिस्पर्धी भएका थिए। तर, देउवा भने नयाँ प्रतिस्पर्धी थिए। ‘देशका अगाडि देखिएका चुनौती सामना गर्ने पार्टी कांग्रेसलाई बनाउन मैले उम्मेदवारी दिएको  हुँ। गिरिजाबाबु, म र अन्य साथीहरुलाई पदको पीडा होला, तर माओवादी  समस्याका कारण मान्छेको ज्यान गइरहेको छ। पदको पीडा ठूलो कि मान्छेको पीडा ठूलो? तसर्थ अहिले यो ज्वलन्त समस्या हो। महिला, जनजाति, दलित, कुपोषण, अशिक्षा, बेरोजगारी जस्ता समस्या समाधान गर्छु भनेर मैले उम्मेदवारी दिएको हुँ’, २०५७ माघ ६ गते प्रकाशित साप्ताहिक विमर्शसँग देउवाले भनेका छन्।

१४७७ महाधिवेशन प्रतिनिधि (मतदाता) रहेको सो महाधिवेशनमा कोइराला नै सभापतिमा दोहोरिए। उनले ९३६ मत पाए। प्रतिस्पर्धी देउवाले ५०७ मत र अर्का उम्मेदवार जोशीले १० मत मात्र पाए। सभापतिमा उम्मेदवारी दिनका लागि ७ जना प्रस्तावक र ७ जना समर्थक आवश्यक पर्थ्यो। तर, जोशीले भने आफ्नै प्रस्तावक-समर्थकको मत पनि पाएनन्।

Ncell 2
Ncell 2

१८ जना केन्द्रीय सदस्यका लागि भएको  निर्वाचनमा रामचन्द्र पौडेलले सर्वाधिक १०१५ मत पाएका थिए। अन्य सदस्यहरुमा शैलजा आचार्य, प्रकाशमान सिंह, खुमबहादुर खड्का, प्रकाश कोइराला, महेश आचार्य, सुशील कोइराला, प्रदीप गिरि, नरहरि आचार्य, अर्जुननरसिंह केसी, कृष्णप्रसाद सिटौला, बलदेव मजगैया, महन्थ ठाकुर, बलबहादुर राई, विजयकुमार गच्छदार, गोविन्दराज जोशी, विमलेन्द्र निधि, चिरञ्जीवी वाग्ले निर्वाचित भएका थिए। सूचीका १२ जना कोइराला पक्षका हुन्। अर्थात् निर्वाचितमध्ये दुई तिहाइ सदस्य कोइराला पक्षका थिए।

सभापति कोइरालाले महामन्त्रीमा सुशील कोइराला र प्रवक्तामा नरहरि आचार्यलाई नियुक्त गरे। साथै, उनले आफ्ना प्रतिस्पर्धी लगायतलाई मनोनित गर्दै केन्द्रीय कार्यसमिति विस्तार गरे। जसअनुसार, महामन्त्रीमा सुशील कोइराला, कोषाध्यक्षमा महन्थ ठाकुर, सहमहामन्त्री गोविन्दराज जोशी मनोनित भए। त्यस्तै, सदस्यहरुमा कृष्णप्रसाद भट्टराई, शेरबहादुर देउवा, नोना कोइराला, चक्रप्रसाद बास्तोला, रामशरण महत, रामवरण यादव लगायत मनोनित भए।

दशौं महाधिवेशनमा छलफल र निर्णयका लागि केन्द्रीय कार्यसमितिको २०५७ पुस २८ को बैठकद्वारा स्वीकृत नीति र कार्यक्रम पनि महाधिवेशनमा प्रस्तुत गरिएको थियो। ‘विक्रम सम्वत् २००३ सालतिर आफ्नो जन्मकालदेखि नै नेपाली कांग्रेसले मजदूर हडताल, हलो आन्दोलन, सामाजिक भेदभाव र जातिप्रथाको अन्त्य अनि सामन्ती शोषणको विरोधका कार्यक्रमहरुबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेको थियो। यसबाट के स्पष्ट हुन्छ भने मौलिक रुपमा नेपाली कांग्रेसको आन्दोलनको लक्षित वर्ग भनेको समाजको सबैभन्दा तल्लो तहमा थिचिएर रहेको विपन्न वर्ग हो। कांग्रेसको आधार भनेका किसान, मजदूर र दलित-उत्पीडित जनता नै हुन्’, सो नीति र कार्यक्रममा भनिएको छ।

नीति र कार्यक्रममा अन्तर्राष्ट्रिय सम्बन्धबारे उल्लेख छ- 'नेपाल-भारत बीचको सन् १९५० को शान्ति एवम् मैत्री सन्धिको पुनरावलोकन गरी परिवर्तित सन्दर्भमा सम्बन्धको नयाँ आधार खडा हुनुपर्दछ भन्ने हाम्रो धारणा छ। साथै, कालापानी लगायतका सीमा विवाद र समस्याहरु कूटनीतिक प्रयासबाटै समाधान हुनुपर्छ भन्ने हाम्रो अडान छ।

महाधिवेशनमा महामन्त्री सुशील कोइरालाले पनि प्रतिवेदन पेश गरेका थिए। आफ्नो प्रतिवेदनमा उनले कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाको नेतृत्वको छहारी पाइरहनु नेपाली कांग्रेसका निमित्त सौभाग्यको विषय भएको उल्लेख गरेका छन्। ‘आफ्ना आदर्श, एवं मूल्य र मान्यताहरुप्रतिको प्रतिबद्धताबाट टाढा हुन थालेपछि कतिपय ठूला-ठूला पार्टीहरुको पनि अस्तित्व संकटमा परेको हामीले देखेका छौं। नेपाली कांग्रेसलाई पनि अहिले त्यो संकटबाट जोगाउनुपर्ने घडी आएको छ। त्यसैले हाम्रो यो ऐतिहासिक दशौं महाधिवेशनमा हामीले हिजोका केही तिक्तता छन् भने तिनिहरुलाई त्यहीँ छाडेर, आफ्ना सानातिना मतभेदलाई बिर्सेर, हामी सबै एउटै परिवारका सदस्य हौं, आफ्नो घर र परिवारलाई हाम्रै एकता, हाम्रै समझदारी र हाम्रै क्रियाशीलताले जोगाउनुपर्छ, आफ्नो घर र आफ्नो परिवार नष्ट हुँदा हामी आफू पनि नष्ट हुने छौं, हाम्रा सम्पूर्ण कुराहरु नष्ट हुनेछन् भन्ने तथ्यलाई हामीले कहिल्यै बिर्सनु हुँदैन’, प्रतिवेदनमा भनिएको छ।
 

प्रकाशित मिति: शुक्रबार, मंसिर १७, २०७८  २०:४९
  • #कांग्रेस_१४औं_महाधिवेशन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
ट्रम्पले बन्द गरिदिए अमेरिकाको ‘डीभी लटरी’ योजना शुक्रबार, पुस ४, २०८२
इन्किलाब मोन्चोका नेता हादीको निधनपछि ढाकामा बढ्यो तनाव शुक्रबार, पुस ४, २०८२
भैरहवाको मौसम खुलेन,चितवन हुँदै भैरहवा जाँदै रवि शुक्रबार, पुस ४, २०८२
राष्ट्रपति पौडेलद्वारा किन्डर ओलम्पिक मस्कर्टको अनावरण शुक्रबार, पुस ४, २०८२
कांग्रेस निर्वाचनमा जान आतुर छ : कोइराला शुक्रबार, पुस ४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
थुनामुक्त हुने रविले पालना गर्नुपर्ने तीन शर्त बिहीबार, पुस ३, २०८२
यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि बिहीबार, पुस ३, २०८२
अधिकांश ओली प्यानलकै उम्मेदवार अगाडि, कुन पदाधिकारीको कति ? बिहीबार, पुस ३, २०८२
एमालेको केन्द्रीय पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म कसले कति भोट ल्याएर जिते ? (सूचीसहित) बिहीबार, पुस ३, २०८२
ओलीले ३३३ मत ल्याउँदा पोखरेलले ११० मत पाए बिहीबार, पुस ३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
थुनामुक्त हुने रविले पालना गर्नुपर्ने तीन शर्त बिहीबार, पुस ३, २०८२
एमाले महाधिवेशन: नेतृत्व लिन होड, ज्ञवाली र शाक्यद्वारा सक्रिय राजनीतिबाट सन्यास आइतबार, मंसिर २८, २०८२
यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि बिहीबार, पुस ३, २०८२
एमाले महाधिवेशनः ईश्वर प्यानलबाट सुरेन्द्र पाण्डे महासचिवका उम्मेदवार, गोकर्ण उपाध्यक्ष र योगेश उपमहासचिव सोमबार, मंसिर २९, २०८२
अधिकांश ओली प्यानलकै उम्मेदवार अगाडि, कुन पदाधिकारीको कति ? बिहीबार, पुस ३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्