• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, साउन २६, २०८३ Tue, Aug 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

गिरिजा विरुद्धको उम्मेदवारी प्रतीकात्मक थियो, मैले जित्ने सम्भावना थिएन : नरहरि आचार्य [भिडियो वार्ता]

64x64
किशोर दहाल सोमबार, वैशाख १६, २०७६  १२:४९
1140x725

२०६१ माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्रले 'कु' गरेपछि बन्दी बनाइएका नेपाली कांग्रेसका नेता नरहरि आचार्य बीचमा केही समय मुक्त गरिए पनि पुन: बन्दी बनाइए। दोस्रोपटक भने उनी जनआन्दोलनको सफलतासँगै २०६३ बैशाख १२ मा मुक्त भए। यही बन्दी अवस्थाको डायरीलाई उनले 'गणतन्त्रको यात्रा' पुस्तकको रुपमा प्रकाशन गरेका छन्। जुन पुस्तक आउँदो बुधवार विमोचन हुँदैछ।

कांग्रेसमा ५० को दशकको सुरुवातसँगै गणतन्त्रप्रति सहानुभूति राख्दै आएका आचार्य सोही दशकको अन्तिमतिर आइपुग्दा '०४७ सालको संविधान मरिसक्यो, अब संविधानसभाबाट संविधान लेखिन्छ' भन्नेमा पुगिसकेका थिए। गणतन्त्र र संविधानसभाको माग राखेकै कारण 'घर झगडा' भोगेका र पार्टीलाई स्पष्टीकरण दिन बाध्य भएका आचार्यमाथि 'राजाको मान्छे' भएको आरोप पनि लाग्यो। ०७२ सालको अन्तिमतिर एक्कासि बिरामी भएका आचार्य लामो समय निष्क्रिय भए। यसबीचमा चुनाव सम्पन्न भयो, कांग्रेस पराजित भयो। तर, उनको सक्रियता र प्रतिक्रिया सार्वजनिक भएन। सार्वजनिक कार्यक्रममा पनि उनी देखिएनन्।

बन्दी वृत्तान्तको केन्द्रमा रहे पनि पुस्तकमा गणतन्त्रको माग उठाउँदाको संघर्ष र अहिलेको गणतन्त्रको चरित्रबारे पनि उनले आफ्नो विचार मिसाएका छन्। पुस्तक सन्दर्भका साथै नेपाली कांग्रेसको पछिल्लो अवस्था र अबको बाटोका विषयमा नेपाल लाइभका लागि किशोर दहालले उनीसँग गरेको कुराकानी:

‘गणतन्त्रको यात्रा’ कस्तो पुस्तक हो?
यो पुस्तक वास्तवमा बन्दी अवस्थामा रहँदा मैले लेखेको डायरी हो। त्यतिबेला मैले दैनिक रुपमा डायरी लेखेको थिएँ। त्यसमा विविध विषय छन्। राजनीतिज्ञको कुरा राजनीतिमै केन्द्रित हुनु स्वाभाविक भइहाल्यो। त्यसबाहेक झन्डै २० प्रतिशतजति पारिवारिक, साहित्य, कला, प्राज्ञिक कुराहरु पनि छन्। 

यो पुस्तकको कुनै लक्षित पाठक समूह छन्? तपाईंलाई कुन समूहले चाहिँ पुस्तक पढिदिए हुन्थ्यो भन्ने लाग्छ?
लक्षित पाठक समूह तयार गरेर लेखिएको होइन। मैले भन्नुपर्ने कुरा मैले लेखेको हुँ। मेरो कुरा बुझ्न चाहने मान्छेले अनिवार्य रुपमा पढ्दा हुन्छ।

असोज १८, माघ १९ तथा जनआन्दोलनपछि जन्मिएका अथवा त्यो समयमा चेतनशील नभइसकेको पुस्ता पनि अब तरुण र चेतनशील भइसकेको छ। राजनीतिक नेताहरुले त्यतिबेला गरेको संघर्ष थाहा नपाएको पुस्तालाई तपाईंले डायरीमा लेख्नुभएको सन्दर्भले कस्तो समय र संघर्षको जानकारी दिन्छ?
अहिले मान्छेहरुले भन्छन् नि, यो गणतन्त्र आएर के भयो? कोही संघीयताको विरोध गर्छन्। त्यो बेला कस्तो परिस्थिति थियो र यो आयो भन्ने कुरा इतिहास हेर्दा छर्लंग हुन्छ।

तपाईंले भनेजस्तै नयाँ पुस्तालाई त्यो बेलाको संघर्षको घनत्वबारे केही थाहा छैन। हामीलाई पनि पुरानो पुस्ताले गरेको संघर्षको सबै कुरा थाहा थिएन। हामीले पनि किताब पढ्यौं। अरुसँग सिक्यौं। हाम्रो राजनीतिक दलको इतिहासलाई हेर्दा हामी पनि पछिल्लो पुस्ता नै हौं।

०६१ माघ १९ को कदमसँगै तपाईंलाई बन्दी बनाइयो। बीचमा केही महिना छुटेर फेरि बन्दी बनाइएपछि ०६३ मा जनआन्दोलनको समाप्तिसँगै छुट्नुभयो। बन्दी अवस्थामा सूचनाको स्रोत कस्ता थिए? 
हामीलाई पत्रपत्रिका पढ्न दिइँदैनथ्यो। बेलाबेलामा हामी 'प्रतिबन्धित नभएका पत्रिका पढ्न पाऊँ' भनेर माग राखिरहन्थ्यौं। सुरुसुरुमा त अप्ठ्यारै भयो। बस्दै जाँदा हाम्रो सञ्चार व्यवस्था अनौपचारिक रुपमा सुरु गर्‍यौं। समय बित्दै जाँदा कहिलेकाहीँ केही पत्रपत्रिका पनि पढ्न पाइन्थ्यो। पुस्तक चाहिँ जुनसुकै पनि हामीलाई पढ्न दिइएको थियो। 

nimb
nimb
Ncell 2
Ncell 2

अहिले फर्केर हेर्दा त्यो बन्दी समयलाई कसरी सम्झिनुहुन्छ? खासगरी नयाँ खालको विचार निर्माण र त्यसलाई अझ मजबुत बनाउने प्रक्रियामा त्यस अवस्थाले केही फाइदा पुर्‍यायो?
२०६२ सालको मूल घटना पुस्तकमा छ। मैले भने त्यसको एक दशकअगाडि अर्थात् २०५२ सालदेखि नयाँ विचार प्रकट गर्न थालेको हो। मेरो आफ्नै पनि अनेक विचार प्रारम्भिक अवस्थामा थिए। तिनलाई प्रभावकारी बनाउन जेजस्ता अध्ययन, मनन र चिन्तन गर्नुपर्थ्यो। त्यो गर्न मलाई बन्दी अवस्था सहयोगी भयो। म दुवै पटकको बन्दी अवस्थामा कहिलेकाहीँ एक्लै पनि भएँ। अब त्यो बेलामा पढ्नेबाहेक अरु केही भएन। अरु बेलामा हामीले 'टाइम टेबल' बनायौं। सोही अनुसार गफगाफ र पढ्नेलेख्ने गर्थ्यौं।

कांग्रेसमा सबैभन्दा पहिले सबैले सुन्नेगरी गणतन्त्रको कुरा उठाएको व्यक्तिको रुपमा तपाईं चिनिनुहुन्छ। तपाईंलाई चाहिँ नेपाल गणतान्त्रिक मुलुक बन्नुपर्छ भन्ने किन लाग्यो?
विचारको कुरा राजनितिक पार्टीको प्रस्तावबाट सुरु हुँदैन। विचारको कुरा दिमागबाटै सुरु हुन्छ। त्यसलाई अरु समक्ष राखिन्छ। सुनाइन्छ। लेखिन्छ। पढाइन्छ। यस्तै गर्दागर्दै त्यो व्यापक हुन्छ।

हाम्रो पार्टीभित्र औपचारिक प्रस्ताव पारित गरेर कुनै नयाँ कुरा सुरु गरेको अवस्था छैन। व्यक्तिबाट सुरु भएको विचारलाई अन्त्यमा पार्टीको प्रस्तावको रुपमा स्वीकार गरेर उनीहरुले पार्टीलाई पनि त्यस विचारमा प्रतिबद्ध गराउने हो। 

मैले २०५२ साल किन भनेको भने त्यतिबेला म पहिलोपटक मन्त्री भएको थिएँ। मन्त्री भएको एक महिना पनि नहुँदै विराटनगरको एउटा कार्यक्रममा मैले व्यक्त गरेको कुराहरु विवादास्पद भए। मन्त्री भएको कुराले मलाई छेकेन। मभन्दा पूर्व वक्ता कसैले माओवादीले गणतन्त्रको वकालत गरेर नकाम गरे भन्नुभएको थियो। मैलेचाहिँ उनीहरुले नकाम गरेको हत्या र हिंसा मात्रै हो, त्यो तुरुन्त रोकिनुपर्छ भनेँ। गणतन्त्रलाई आफ्नो विचारको रुपमा उनीहरुले राख्न पाउँछन्। हामीले संवैधानिक राजतन्त्र भनेका छौं। उनीहरुले गणतन्त्र भन्न पाउँछन्। मैले यस्तै कुरा गरेँ।

विराटनगरमा भोलिपल्टै सनसनी भइहाल्यो। काठमाडौंमा धेरै पत्रिका निस्किँदैनथे तर जति निस्किन्थे, तिनीमध्ये कुनैले सामान्य रुपले नै लेखे। कुनैले भने 'मन्त्री पनि गणतन्त्रको पक्षमा' भनेर लेखे। त्यसैबाट विवाद सुरु भयो। गणतन्त्रप्रति मेरो दृष्टिकोण कसरी बन्यो भन्ने कुरा त्यसपछि क्रमश: हुँदै आएका घटनाहरुले निर्धारण गर्छन्।

माओवादी संविधान नै नमानेर हिँडेको शक्ति थियो। उसले गणतन्त्रको कुरा गर्न अनौठो भएन। तपाईं त संविधान मानेर मन्त्री भएको मान्छेले त्यस्तो कुरा गर्न मिल्थ्यो त?
उसले राखेको कुरा जनगणतन्त्र थियो। त्यो कम्युनिस्ट शैलीको गणतन्त्र भन्ने हो। अहिलेको गणतन्त्र त्यस्तो होइन। हामीले आन्दोलन गर्दा जनगणतन्त्रको लागि आह्वान गरेको पनि होइन।

२०४७ सालको संविधानमा तपाईंले भनेजस्तो गणतन्त्र पनि त थिएन नि!
त्यसबेलामा मेरो विचार आयो। २०५९ असोज १८ घटना भएको बिहान बसेको कार्यसमितिको बैठकमा मैले लिखित वक्तव्य दिएको छु। किनकि, अब २०४७ सालको संविधानको मृत्यु भयो। अब अर्को संविधान संविधानसभाले मात्रै बनाउँछ।

शारदा शर्मा (आचार्यकी पत्नी पनि हुन्) ले आफ्नो पुस्तक ‘त्यो समय’मा एक ठाउँमा लेख्नुभएको छ- ‘२०५८-५९ सालताका संविधानसभा र गणतन्त्र मेरो घरमा घरझगडाको प्रमुख कारण हुने गर्थ्यो।’ पार्टीमा पनि तपाईंले त्यस विषयमा धारणा राखेकै कारण स्पष्टीकरण दिनुभएको र स्वयं गिरिजाप्रसादले राजाको मान्छे भनेका विषय सार्वजनिक भएकै छन्। घरभित्र, पार्टीभित्र र बाहिर गर्नुपरेका संघर्षलाई अहिले कसरी सम्झिनुहुन्छ?
त्यो बेलामा कठिन थियो। अहिले हेर्दा सामान्य जस्तो पनि लाग्छ। घरझगडा अरुको घरायसी मामलामा हुन्थ्यो। मेरो चाहिँ त्यसमा पनि हुन्थ्यो।

नेपालमा गणतन्त्र राजाको 'मुर्ख्याइँ'को कारणले आयो भन्नेहरु पनि छन्। तपाईंको धारणा के छ? राजाको व्यवहार सँगसँगै नेपाली समाजको बदलिँदै गएको अन्य चरित्र पनि कारक छन् कि?
समाजको चरित्रको बदलिँदै गएको पनि हो। राजाको मुर्ख्याइँको कारण पनि हो। त्यो मुर्ख्याइँ ज्ञानेन्द्रको मात्रै मुर्ख्याइँ होइन। त्रिभुवन, वीरेन्द्रदेखि ज्ञानेन्द्रसम्मको मुर्ख्याइँ हो। किनभने उनीहरु कसैले पनि आफूले स्वीकार गरेको वा दिएको संविधानलाई स्वीकार गरेनन्। त्रिभुवनले उल्लंघन गरेको अर्को वर्ष नै मृत्यु भएकाले धेरै चर्चा हुँदैन। महेन्द्र र वीरेन्द्रले उल्लंघन गरेको सबैलाई थाहा छ।

ज्ञानेन्द्रको राज्यारोहण हुनेबित्तिकै मैले लेखेर भनेको थिएँ कि अब तपाईं नै संवैधानिक अवस्थामा राजगद्दीमा बसेको हो। यसलाई सुदृढ बनाउनुपर्छ। त्यो सकियो भने तपाईंको सफलता हुन्छ।

मेरो त्यस्तो शुभकामना दिएको थिएँ। तर भएन। कसैलाई पनि हुँदो रहेनछ भन्ने देखियो। त्यही क्रमले पनि नेपाली जनता आजित भएका हुन्।

समाजमा आएको परिवर्तन पनि एउटा आधारभूत तत्त्व थियो। त्यो मात्रै भएर यति छिट्टै गणतन्त्र आउँदैन थियो, अलि ढिलो हुन्थ्यो होला। तर राजाको मुर्ख्याइँ र समाजमा आएको परिवर्तन दुवै मिल्दा छिटो आयो।

तपाईंले परिकल्पना गर्नुभएको गणतन्त्र र अहिले लागू भएको गणतन्त्र उस्तै हो?
गणतन्त्र उस्तै छ। पात्रहरु फरक हुन्छन्। तिनीहरुले गर्ने अभ्यास फरक हुन्छ। त्यो भयो भन्दैमा गणतन्त्र नै राम्रो भएन भन्ने कुरा मैले भनेको छैन। संविधान बनेको तीन वर्ष त भयो। एक वर्ष त चुनाव गर्नै लाग्यो। 

गणतन्त्रमा पनि सयौं राजा जन्मिए भनेर आलोचना हुने गरेको छ। राष्ट्रपति नै कतिपटक विवादमा पर्नुभयो। किन यस्तो भयो?
राष्ट्रपति भएको हुनाले त विवादमा फस्न पाइएको छ नि। राजा भएको भए पाइँदैनथ्यो। तर त्यो विवादलाई प्रधानमन्त्रीले जिम्मा लिएको हुनाले राष्ट्रपतिको विवाद भन्न मिल्दैन। प्रधानमन्त्री जो छ, उसैको विवाद हो। सरकारको विवाद हो। राष्ट्रपतिले केही गर्न पाउँदैन। तर सरकारले जेजे गर्छ, सबै कुरामा राष्ट्रपतिलाई दोष दिने कुरा भएन। भए पनि जनताको छोराछोरी राष्ट्रपति हुँदाखेरी विवाद गरिन्छ। विवाद नगर्ने भनिएको छ। तर सुरुसुरुमा विवाद हुन्छ।

पहिलो राष्ट्रपति हुँदा पनि अलिअलि विवाद भएकै थियो। झन् महत्त्वपूर्ण कामहरु गर्नुभएको थियो। त्यसलाई कतिले अनिवार्य आवश्यकता थियो पनि भनेका छन्।

सबै सतर्क भए भने, मिडियाले कुरा उठाइरह्यो भने गल्ती हुन पाउँदैन। जुन क्रियाकलाप आपत्तिजनक लागेको छ, त्यसलाई उठाइरहनुपर्छ।

भारतमा ७० वर्ष भइसक्यो, त्यहाँ पनि राष्ट्रपति बेलाबेलामा विवादमा आउँछन्। सेना पनि आउँछ। तर उनीहरुले जोगाउँदै जोगाउँदै ल्याएका छन्। उनीहरुले छिमेकी देशहरु पाकिस्तान र बंगलादेशको तुलनामा परिपक्व देखिन्छ नि!   

कांग्रेसकै नेतृत्वमा आन्दोलन भयो, संविधान लेखियो। तपाईंहरुले उठाउँदै आउनुभएका कैयौं माग उपलब्धिका रुपमा संस्थागत भए। तर अहिले कांग्रेस नेताहरु नै अन्योलमा परेको भान हुन थालेको छ। किन यस्तो भइरहेछ?
कांग्रेसमा जुनजुन विषयमा अन्योल भएको जस्तो देखिन्छ, ती विषयमा हतारमा निर्णय गर्‍यो। त्यसो गर्नु आवश्यक थिएन। समय निर्णय नगरेर हतारमा गर्दाखेरि कतिपयलाई यो भएन कि, त्यो भएन कि भन्ने भयो। कोहीकोहीले पहिल्यैदेखि नै यस्तो भन्दै आएका थिए। चापाचाप भयो, छलफल पनि हुन पाएन भन्छन्, उनीहरु। उनीहरुको कुरा ठिकै हो। उनीहरुको कुरालाई सुन्न पनि सकिन्थ्यो।

तपाईंले कांग्रेसको एघारौं महाधिवेशन (०६२ भदौ) मा गिरिजाप्रसादविरुद्ध सभापति लड्नुभयो। यसको केही प्रत्यक्ष र अप्रत्यक्ष अर्थ थियो?
थियो। किनकि, गिरिजाप्रसादको व्यक्तिगत विरोध गरेर शेरबहादुरको अर्कै पार्टी बनेको थियो। म त गिरिजाप्रसादकै पार्टीमै थिएँ। तर मलाई किन विरोध गर्नुपरेको? किनकि, समयमा आएको परिवर्तन अनुसार कांग्रेसलाई लैजानुपर्‍यो भन्ने मेरो कुरा थियो। क्रमशः गिरिजाप्रसादले त्यसैलाई अनुशरण गरे।

मेरो उम्मेदवारी प्रतीकात्मक थियो। मैले जित्ने सम्भावना थिएन। मैले निर्वाचन परिणाम आउँदा मात्रै हारेको होइन, मेरो जित्ने सम्भावना नै थिएन। त्यसबाट मलाई आफ्नो एजेन्डालाई परिपक्व बनाएर कार्यकर्ता र नेपाली जनताको सामु जाने एउटा अवसर भयो। त्यसपछि नै मैले गणतन्त्रको लागि सम्पूर्ण नेपाल भ्रमण गर्ने गणराज्य अभियान सुरु गरेँ। 

तपाईंलाई गिरिजाप्रसादले प्रत्यक्ष केही भन्नुभयो कि!
मैले एकपटक 'नोट अफ डिसेन्ट' लेख्नुपर्ने स्थिति आयो। सैद्धान्तिक कुरामा नै हो। मेरो व्यक्तिगत कुरामा उहाँसँग कहिल्यै मतभेद भएन। उहाँले 'नोट अफ डिसेन्ट नलेख्ने कि नरहरिजी' भन्नुभयो। 'मैले लेख्न पाउँदिन र?' भनेँ। उहाँले 'पाउनुहुन्छ' भन्नुभयो, त्यसपछि मैले लेखेँ। गणतन्त्र तथा संविधानसभासँग सम्बन्धित विषयमा नै हो। एघारौं महाधिवेशनमा मैले लेखेको आफ्नो घोषणापत्रमा केके भयो, केके गर्न बाँकी छ भन्ने कुरा मैले दुई पानामा प्रस्टसँग लेखेको छु। किनभने वैचारिक कुरा मैले तयार गरेर प्रस्तुत गरिसकेको थिएँ। चारवटा स–सानो किताब थिए। दुई पानामा चाहिँ यो–यो कुरा अझै बाँकी छन्, त्यसको लागि मलाई तपाईंहरुले भोट दिनुपर्छ भनेँ।

त्यतिबेला त्यत्रो वैचारिक घर्षण हुँदो रहेछ। अहिलेको अवस्था कस्तो देख्नुहुन्छ?
हाम्रो बेलामा जस्तो अहिले त्यति वैचारिक द्वन्द्व चलेको छैन। अलिअलि कार्यशैलीगत भिन्नताको कुरा उठेको छ। पहिलेको जस्तो अवस्था अहिले छैन। त्यसैले त्यस्तै स्तरको वैचारिक द्वन्द्व भएन भनेर दुःखमनाउ पनि छैन। कार्यशैलीगत विचारको भिन्नतामा पनि सिस्टम बस्नुपर्ने हो, त्यो बसेको छैन। पद्धति राम्रोसँग बस्न सके राम्रै हुने थियो।

अहिले त नयाँ विचारभन्दा पनि स्थापित विचारहरुलाई संस्थागत गर्नुछ। त्यसैमा घर्षण गर्न सके हुन्छ।

000

बीचमा बिरामी हुनुभयो। यसबीचमा चुनाव भयो। पार्टी पराजित भयो। यसका केही कारण विश्लेषण गर्नुभएको छ?
पार्टी चुनावमा पराजित हुनुपर्ने कारणचाहिँ धेरै व्यावहारिक नै हुन्छन्। उम्मेदवार, त्यसमा खटिनेजस्ता कुरामा निर्भर गर्छ। सिद्धान्तले गर्दैन। एउटा सत्तापक्ष भयो, एउटा पराजय भएकाले ठूलो पराजय भन्न मिल्दैन। नेपालचाहिँ सधैं नेपाली कांग्रेस भयो भन्नेजस्तो मान्छेलाई लागेको छ। तर, ऊ त आठ-दस वर्ष त भयो नि।

प्रतिपक्षीमै रहँदा पनि कांग्रेस आलोचनाको पर्याय बनेको छ। किन?
त्यसको कारण छ। उसलाई अझै पनि मान्छेले विश्वास गरेका छन्। त्यसैको परिणाम हो।

पार्टी हिँडेको बाटो कस्तो लाग्दैछ? 
सैद्धान्तिक बाटोको म कुनै विरोधी छैन। तर, कार्यशैलीगत अस्पष्टता र ढिलासुस्तीमा मेरो पनि आपत्ति छ।

धर्मनिरपेक्षतामाथि नै प्रश्न उठाउने नेताहरु पनि छन् नि?
हामीले धर्म निरपेक्ष भन्ने शब्दावली नराख्ने भनेका थियौं। किनकि, त्यो नराख्दा पनि हिन्दु राज्य त हुँदैनथ्यो। त्यसैले नराख्दा पनि हुन्छ भन्ने हाम्रो विचार थियो। तर हाम्रो विचारले पुगेन।

अहिले उठिरहेको कुरा त्यति प्रस्ट त छैन। भए पनि अलिअलि त्यस्तो हुनु स्वाभाविक हो। तर हिन्दु राज्य बनाउनुपर्छ भन्नेमा म छैन।

कांग्रेसमा आगामी महाधिवेशनका विषयमा छलफल चल्न थालेका छन्। त्यहाँबाट केही सुधार गर्नुपर्ने, आफूलाई बदल्नुपर्ने केही आवश्यक देख्नुहुन्छ?
अब एक-दुई वर्षमा महाधिवेशन होलान्। त्यसमार्फत हाम्रो वैचारिक र सैद्धान्तिक विषय परिवर्तन गर्ने कुरा छैन। कार्यशैलीगत कुरा नै हो। त्यो आगामी महाधिवेशनमा प्रमुख कुरा भएर आउँछ।

गिरिजाप्रसादसँग सभापति लड्नुभयो। फेरि अर्को कोहीसँग लड्ने सम्भावना छ?
सधैं त्यस्तो अवस्था आउँदैन। त्यो ऐतिहासिक अवस्था थियो। त्यसमा आवश्यकता देखियो। त्यसैले लडियो। अब त्यस्तो अवस्था सायद आउँदैन भन्ने होला भन्ने मलाई लाग्छ। तर आउँदै आउँदैन भन्ने कुरा पनि होइन। आउँदैन होला भन्ने मलाई लाग्दैन।

प्रकाशित मिति: सोमबार, वैशाख १६, २०७६  १२:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ देशमा राजनीतिक परिवर्तनहरू आएपनि सीमान्तकृत समुदायका वास्तविक समस्याहरू अझै पनि सम्बोधन हुन नसकेको विज्ञ तथा अधिकारकर्मीहरु बताउँछन्... आइतबार, साउन २४, २०८३
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन सामान्यतया यो उमेर ढल्किदै जाँदा देखा पर्ने समस्या हो । ५५– ६० वर्षका मानिसहरुमा यो समस्या बढी देखिन्छ । यद्यपि यो बालबालिकामा ब्रेन... आइतबार, जेठ २५, २०८२
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा महाशिवरात्रि पर्व हर्षोल्लासपूर्वक सम्पन्न गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चा... मंगलबार, फागुन १३, २०८१
ताजा समाचारसबै
कप्तानगन्ज घटनामा सहिद घोषणा बाहेक सरकारले केही गरेन : कांग्रेस मंगलबार, साउन २६, २०८३
प्रदेश सरकारमा भागबन्डा कायमै, एउटा सहमति कार्यान्वयन नभएपछि ओली र प्रचण्डबीच अर्को सम्झौता मंगलबार, साउन २६, २०८३
माछा मार्ने क्रमा बगेर एक जनाको मृत्यु मंगलबार, साउन २६, २०८३
शेखर गोल्छासँग एक करोड धरौटी माग मंगलबार, साउन २६, २०८३
माधव नेपाल प्रतिवादी भएको भ्रष्टाचार मुद्दामा साक्षी झिकाउने आदेश मंगलबार, साउन २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
फिल्मका लागि घर बोलाएर नशालु पदार्थ खुवाई बलात्कार, भिडियोसमेत बनाएर ब्ल्याकमेल, ७३ वर्षीय निर्देशक शकील नूरानी पक्राउ सोमबार, साउन २५, २०८३
रविका ‘राइट ह्यान्ड’ दीपक बोहोराले गरिरहेको संकेत के हो ? सोमबार, साउन २५, २०८३
प्रधानमन्त्री बालेनसँग पूर्वमुख्यसचिव कोइरालाले मागे सूचना मंगलबार, साउन २६, २०८३
घट्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ? सोमबार, साउन २५, २०८३
साँझको ड्युटी सकेर जुवाखाल छिरेका प्रहरीका सई च्याप्पै समातिए मंगलबार, साउन २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
डा. विमल अर्थात् आधुनिक दधिचि धर्मेन्द्र विह्वल
त्रिविका उपकुलपतिले एकपटक अवश्य पढून् अनिकेत तिवारी
नेपाल महिला संघको अबको भूमिका के? डा. डिला संग्रौला
नेपालको राजनीति: दलगत विभाजनभन्दा माथि उठेर जनमुखी राजनीति कहिले? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
जेलमुक्त पत्रकार खेम भण्डारीले के भने ? (भिडियो) शनिबार, साउन २३, २०८३
फिल्मका लागि घर बोलाएर नशालु पदार्थ खुवाई बलात्कार, भिडियोसमेत बनाएर ब्ल्याकमेल, ७३ वर्षीय निर्देशक शकील नूरानी पक्राउ सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्