फाइल तस्बिर
काठमाडौं– नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य वर्षमान पुनको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ।
चीनको सेन्जेनस्थित थर्ड पिपुल्स हस्पिटल अफ सेनसेजमा उपचारत पुनको स्वास्थ्यमा सुधार आएपछि हिड्डुल गर्नुका साथै आफै खाना सक्ने भएको उनका स्वकीय सचिव सन्तोष पुनले बताए।
नेपालबाट बैंकक गएका पुनको उपचार गर्न त्यहाँ सम्भव नभएपछि चीनको सेन्जेन लगिएको थियो। सेन्जेन लगेको चाथौ दिनदेखि स्वास्थ्यमा सुधार आउन थालेको थियो।
पछिल्लो परीक्षणअनुसार नेता पुनलाई सताएको विश्वमै विरलै देखिने जण्डिस (बिलरुविन)को मात्रा बढेपछि समस्या भएको थियो।
बिलरुविनको मात्रा दैनिक घट्दै गएकोले स्वास्थ्यमा सुधार आएको हो। उनको नेपालमा उपचार गर्न सम्भव नभएपछि गत असोजमा थाइल्याण्ड लगिएको थियो।
स्वास्थ्यमा सुधार आएसँगै पुन पार्टीको पुस ११ गतेदेखि १३ गतेसम्म हुने राष्ट्रिय सम्मेलनमा आउने तयारी गरेका छन्। उनले पार्टी महासचिवमा दाबी गर्ने उनी निकट नेताहरुले जानकारी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।