काठमाडौं- नेकपा (एमाले)ले १०औं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित भएपछि पहिलोपटक केन्द्रीय कमिटी बैठक बोलाएको छ।
मङ्सिर २५ र २६ गते भक्तपुरको गठ्ठाघरस्थित जर्मन हाउस हस्पिटालिटीमा बिहान ११ बजेका लागि बैठक बोलाएको पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए।
बैठकको कार्यसूचीमा बाँकी रहेका केन्द्रीय सदस्यको शपथ ग्रहण, महाधिवेशनको समीक्षा, केन्द्रीय सदस्यको मनोनयन, पोलिटब्यूरो र स्थायी कमिटी गठन, केन्द्रीय सल्लाहकार परिषद् गठन र नेताहरुको कार्यविभाजन लगायत रहेका छन्। बैठकमा विभिन्न १५ अजेण्डा तय गरिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।