काठमाडौं- लक्ष्मी बैंकले दुईवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। सुनसरीको इनरुवा नगरपालिका-१ को शान्ति चोक र मोरङको उर्लाबारी नगरपालिका-५ को उर्लाबारी चोकमा नयाँ शाखा सञ्चालनमा ल्याइएको हो।
साथै, बैंकले आफ्नो नवौं एक्सटेन्सन काउन्टर जाजरकोटको बारेकोट गाउँपालिका-८ स्थित सेपुखोलामा स्थापना गरेको छ। यी शाखाहरुमार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा लघु व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ।
यस नयाँ शाखाको सुरुआतसँगै लक्ष्मी बैंकको शाखा सञ्जाल ५० जिल्लामा १४० शाखा, नौ एक्सटेन्सन काउन्टर र पाँच हस्पिटल सेवा काउन्टर, १७० एटीएम, २५ सयभन्दा बढी रेमिट्यान्स एजेन्ट तथा ६३ शाखारहित बैंकिङ एजेन्ट पुगेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।