काठमाडौं- अस्ट्रेलियाले आगामी फेब्रुअरीमा चीनको राजधानी बेइजिङमा हुने शीतकालीन ओलम्पिक बहिष्कार गर्ने भएको छ।
बुधबार सिड्नीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले शीतकालीन बेइजिङ ओलम्पिक बहिष्कार गर्ने जानकारी दिएका हुन्।
‘मानवअधिकार र सिनजियाङको मुद्दा’सम्बन्धी चासो चीनसमक्ष व्यक्त गरेको भन्दै उनले आफ्ना कुनै कूटनीतिज्ञ वा आधिकारिक प्रतिनिधिमण्डल नपठाउने प्रस्ट पारेका छन्। तर, अस्ट्रेलियाका खेलाडी भने सहभागी हुने उनले बताए।
यसअघि मङ्गलबार अमेरिकाले बेइजिङ ओलम्पिक कूटनीतिक रुपमा बहिष्कार गर्ने घोषणा गरिसकेको छ। लगत्तै अस्ट्रेलियाले पनि शीतकालीन बेइजिङ ओलम्पिक बहिष्कार गर्ने बताएको हो।
अमेरिकाले पनि मानवअधिकार हनन र जिनसियाङका उइगुर मुस्लिममाथि भइरहेको व्यवहारका कारण आफ्ना कुनै कूटनीतिज्ञ वा प्रतिनिधि नपठाउने निर्णय गरेको छ। तर, अमेरिकी खेलाडी भने सहभागी हुने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।