काठमाडौं– ललितपुरका नवनिर्वाचित कांग्रेस सभापति जितेन्द्र श्रेष्ठ र तनहुँमा विजयी भएका जितप्रकाश आले पौडेल पक्षले बत्तीसपुतलीमा आयाेजना गरेको भेलामा सहभागी भएका छन्।
श्रेष्ठ र आले दुवै संस्थापन पक्षबाट जितेका जिल्ला सभापति हुन्। श्रेष्ठ नेता प्रकाशमान सिंह निकट हुन् भने
आले लामो समय तनहुँमा रामचन्द्र पौडेल पक्षमा रहेका थिए।
आले संस्थापन पक्षबाट तनहुँमा विजयी भएका थिए। श्रेष्ठ र आले पौडेल पक्षमा लागेको अवस्थामा संस्थापन पक्षबाट विजयी हुने जिल्ला सभापतिको संख्या ३० जनामात्र हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।