काठमाडौं– आसन्न महाधिवेशनमा आफै सभापतिको उम्मेदवार बन्ने वा अन्य समूहलाई सघाउनेबारे निर्णय गर्ने जिम्मा नेता कृष्णप्रसाद सिटौलालाई दिँदै सो पक्षको बैठक सकिएको छ। नेता सिटौला निवास चण्डोलमा बुधबार बिहान बसेको उनी पक्षीय नेताहरुको बैठकले सो निर्णय गरेको हो।
बैठकमा सिटौलासहित केन्द्रीय सदस्य प्रदीप पौडेल, भीमसेनदास प्रधान, उमाकान्त चौधरी, शिव हुमागाईंलगायत नेताहरु सहभागी थिए।
बैठकमा सिटौलाले सभापतिमा उम्मेद्वारी दिने/नदिने वा कुन पक्षसँग गठबन्धन गर्नेबारे छलफल भएको एक नेताले बताए। छलफलपछि निर्णय दिने अधिकार सिटौलालाई दिइएको उनको भनाइ छ।
१३ औं महाधिवेशनमा सभापतिमा उठेका सिटौलाले यसपटक सभापतिमा उम्मेदवारी दिनेबारे सार्वजनिक रुपमा केही बताएका छैनन्।
आजै वरिष्ठ नेता रामचन्द्र पौडेलले सिटौलसँग भेटवार्ता गरेका छन्। यद्यपि, भेटमा भएको कुराकानीबारे भने केही खुलाइएको छैन।
पार्टीको १४ औं महाधिवेशन नजिकएसँगै नेताहरु छलफलमा जुटिरहेका हुन्। आजै सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू पक्षीय नेताहरुसँग छलफल गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।