काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षको भेला बिनानिष्कर्ष सकिएको छ।
सभापतिमा साझा उम्मेदवार तय गर्न बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा बुधबार बसेको भेला बिनानिष्कर्ष टुंगिएको एक नेताले बताए।
सो समूहको बैठक आजै दिउँसो ३ बजे नेता प्रकाशमान सिंहनिवास चाक्सीबारीमा बस्नेछ।
यसअघि मंगलबार चाक्सीबारीमै संस्थापनइतरको बैठक बसेको थियो। बैठकले साझा उम्मेदवार तय गर्ने प्रयास गरेको भए पनि सफल भएको थिएन।
साझा उम्मेदवार तय गर्नका लागि सहमति नजिक पुगेको नेताहरुले दाबी गरेका छन्। वरिष्ठ नेता पौडेलका अनुसार आज साँझसम्ममा संस्थापनइतरले साझा उम्मेदवारबारे टुंगो लागाउने छ।
बुधबार दिउँसो पौडेल, शेखर र शशांक कोइरालाबीच छलफल भएको छ। त्यसअघि पौडेलले नेता कृष्णप्रसाद सिटौलासँग छलफल गरेका थिए।
कांग्रेसको १४औं महाधिवेशन यही मंसिर २४ गतेदेखि काठमाडौंमा हुने तय छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।