काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवापक्षले प्रदेश तहमा विजयी पदाधिकारीसँग छलफल गर्ने भएको छ।
केन्द्रीय पदाधिकारीको उम्मेदवार टुङ्ग्याउन बूढानीलकण्ठमा अहिले सो उक्त समूहको बैठक चलिरहेको छ।
उक्त बैठक सकेलगत्तै सम्भव भए आज नभए भोलि प्रदेश तहमा विजयी पदाधिकारीसँग छलफल गर्ने तयारी भएको देउवानिकट एक नेताले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।