काठमाडौं- नेपाली कांग्रेसका संस्थापनइतरका तीन शीर्ष नेताको बैठक बसिरहेको छ।
बुधबार मध्याह्न वरिष्ठ नेता रामचन्द्र पौडेल, शेखर कोइराला र शशांक कोइरालाको बैठक बसुन्धारको गोधुली पार्टी प्यालेसमा बैठक बसिरहेको हो।
कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा संस्थापन इतरबाट साझा उम्मेदवार चयन गर्ने प्रयास सफल नभएपछि पौडेलले सहमतिका लागि दुई कोइरालासँग छलफल गर्न लागेका हुन्।
यसअघि बत्तिसपुतलीमा आफू पक्षीय नेताहरुको भेला चल्दाचल्दै पौडेल नेता कृष्णप्रसाद सिटौलालाई फकाउन चण्डोलस्थित उनको निवास पुगेका थिए। त्यहाँबाट पौडेल बसुन्धारा पुगेका हुन्।
मंगलबार साँझ बसेको संस्थापन इतरका नेताहरुको बैठकमा साझा उम्मेदवार चयन गर्ने प्रयास असफल भएको थियो।
शशांक कोइरालाले सहमतिका लागि सभापतिको दाबी छाड्ने बताए पनि शेखर र प्रकाशमान सिंहले भने सभापतिमा दाबी छाडेका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।