काठमाडौं- नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष प्राडा अञ्जनीकुमार झा नेपाली कांग्रेसको १४औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन्। डा झाले मधेसी कोटाबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।
महोत्तरी ४ बाट महाधिवेशन प्रतिनिधि निर्वाचित डा झा पार्टीमा व्यक्ति परिवर्तनभन्दा पनि सोचमा परिवर्तन हुनुपर्ने बताउँछन्। डा झाले महाधिवेशनमा कुन प्यानलबाट उम्मेदारी दिने भन्ने विषय भने खुलाएका छैनन्।
उनले मंसिर २५ गते टिमका विषयमा सार्वजनिक गर्ने बताएका छन्। डा झा नेपाल स्वास्थ्य अनुसन्धान परिषदका पूर्व अध्यक्ष पनि हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।