काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षको भेला सुरु भएको छ। पौडेलपक्षको भेला अनुपम फुडल्यान्डमा बुधबार बिहान ९ बजेका लागि बोलाइएको बैठक भर्खरै सुरु भएको हो।
संस्थापनइतरले सभापतिमा साझा उम्मेदवार आज टुंगो लगाउने तयारी गरेको छ।
चाक्सीबारी बैठकपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले बुधबार बेलुकासम्म साझा उम्मेदवार तोक्ने बताएका थिए। उक्त पौडेलले सभापतिका आकांक्षीसँग छुट्टाछुट्टै छलफलसमेत गरेका थिए। छलफलपछि सभापतिका आकांक्षी मध्येका शशांक कोइरालाले दाबी छाडेको बताएका थिए।
आसन्न महाधिवेशनमा वर्तमान सभापति शेरबहादुर देउवा पुनः सभापतिमा उठ्ने तयारीमा छन् भने उपसभापति विमलेन्द्र निधिले सभापतिमा उमेदवारी घोषणा गरिसकेका छन्।
कांग्रेसको १४औँ महाधिवेशन यही मंसिर २४–२६ गतेसम्म काठमाडौंमा हुने तय छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।