काठमाडौं– नेपाल विद्यार्थी संघका अध्यक्ष राजीव ढुंगानाले कांग्रेस केन्द्रीय सदस्यमा उमेदवारी घोषणा गरेका छन्।
कोरोना महामारीका कारण अधिवेशन सम्भव नभएको तथा नेताहरुको असहयोगले कार्यसमितिलाई पूर्णता दिन नसकेको बताउँदै नेविसंघको नेतृत्त्व छोडेर कांग्रेसको केन्द्रीय सदस्य बन्न लागेको उनी बताउँछन्।
आफू विशेष परिस्थितिमा अध्यक्ष भएको बताउँदै उनले उमेर हदका कारण नेविसंघको राजनीति नगर्ने बताए। ‘कांग्रेस जनताको विश्वास जितेर यहाँसम्म आएको पार्टी हो,’ उनले भने, ‘जनताले कांग्रेसलाई माया गर्नुमा यसको सिद्धान्त आदर्श र देश अघि बढाउने प्रतिबद्धता प्रमुख कुरा हो।
कांग्रेस विधिमा चल्ने अनुशासित संगठन बन्न नसकेको उनको भनाइ छ।‘नेताहरुलाई भाग मिले विधान र विधिको कुरा नगर्ने भाग नमिले मात्र विधानको विषय आउने समस्या भयो,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।