काठमाडौं– नेपाली कांग्रेसका युवा नेता तथा रुकुम कांग्रेसका पूर्व जिल्ला सभापति मानबहादुर नेपालीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
उनले नेपाली कांग्रेसको १४ औ महाधिवेशनमा दलित कोटाबाट उम्मेदवारी दिने जानकारी दिएका छन्। उनी कांग्रेसभित्र दलित समुदायबाट रुकुम जिल्लामा पहिलो सभापति भएका नेता हुन।
उनी १३ औं महाधिवेशनमा झिनो मत अन्तरले केन्द्रीय सदस्यमा पराजित भएका थिए। राष्ट्रिय दलित आयोगका पूर्वअध्यक्ष समेत रहेका नेता नेपाली माओबादीको उद्गम थलो मानिने रुकुममा सक्रिय भई राजनीति गरेका नेता हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।