काठमाडौं– नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंह महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्।
मंगलबार सर्लाही क्षेत्र नम्बर ४ मा भएको अधिवेशनबाट उनी महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन्।
केन्द्रीय सदस्य शेखर कोइरालानिकट सिंहको २४८ मत मात्रै आएको थियो। उनीसँगै उनका पक्षका नेता तथा कार्यकर्ता पनि क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्।
यहाँ सभापति शेरबहादुर देउवानिकट नेता तथा कार्यकर्ताले अधिवेशन जितेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।