काठमाडौं– स्पेनिस क्लब रियल मड्रिड च्याम्पियन्स लिगमा समुह विजेता बन्दै अघिल्लो चरणमा प्रवेश गरेको छ।
मंगलबार राति समूह चरणको अन्तिम खेलमा रियलले इटालियन क्लब इन्टर मिलानलाई २–० गोल अन्तरले हराएको हो।
रियलको जितमा टोनी क्रुस र मार्को एसेन्सियोले एक÷एक गोल गरे। घरेलु मैदानमा सम्पन्न खेलको १७ औं मिनेटमा क्रुसले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाएका थिए।
खेलको ६४ औं मिनेटमा बरेलाले रातो कार्ड पाएपछि इन्टर १० खेलाडीमा समेटिएको थियो। त्यसपछि खेलको ७९ औं मिनेटमा एसेन्सियोले गोल गर्दै रियललाई २–० को जित दिलाए।
रियलले ६ खेलमा १५ अंक जोड्यो। समान ६ खेलबाट १० अंक जोडेको इन्टर पनि समूह उपविजेता बन्दै नकआउट चरणमा पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।