काठमाडौं– नेपाली कांग्रेसको आसन्न महाधिवेशनका लागि उम्मेदवार छनोट गर्न पार्टी सभापति शेरबहादुर देउवाले आफूपक्षीय नेताहरुलाई बोलाएका छन्।
आज (बुधबार) बिहान ९ बजे बुढानिलकण्ठमा बस्ने बैठकबाट पदाधिकारीको उम्मेदवार छान्ने सभापति देउवानिकट एक नेताले बताए।
आजै अनुपम फूडल्यान्डमा संस्थापनइतरको समेत बैठक बस्दै छ।
आसन्न महाधिवेशनमा वर्तमान सभापति शेरबहादुर देउवा पुनः सभापतिमा उठ्ने तयारीमा छन् भने उपसभापति विमलेन्द्र निधिले सभापतिमा उमेदवारी घोषणा गरिसकेका छन्।
कांग्रेसको १४औँ महाधिवेशन यही मंसिर २४–२६ गतेसम्म काठमाडौंमा हुने तय छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।