काठमाडौं– इंग्लिस क्लब लिभरपुल यूईएफए च्याम्पियन्स लिगमा अपराजित रहँदै अघिल्लो चरणमा पुगेको छ। समूह चरणको अन्तिम खेलमा इटालियन क्लब एसी मिलानलाई २–१ ले पराजित गर्दै लिभरपुलले समूह चरणमा शतप्रतिशत जित निकालेको हो।
मंगलबार राति मिलानोमा सम्पन्न खेलमा मोहम्मद सलाह र डिभोक ओरिगीले गोल गर्दै लिभरपुललाई जित दिलाए। घरेलु टोलीका फिकायो टोमोरीले एक गोल फर्काएका थिए।
जितसँगै लिभरपुल समूह ‘बी’ मा ६ खेलबाट १८ अंक जोडेर शीर्षस्थानमा रहँदै च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्न सफल भयो।
हारसँगै ७ वर्षपछि च्याम्पियन्स लिगमा फर्किएको एसी मिलानले भभने समूह चरण पार गर्न सकेन।
घरेलु मैदानमा फिकायो टोमोरीको गोलबाट अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा मिलान पराजित हुन पुग्यो। लिभरपुलको जितमा ३६औं मिनेटमा मोहम्मद सलाहले तथा ५५औं मिनेटमा डिभोक ओरिगीले गोल गरेका थिए।
यही समूहको अर्काे खेलमा स्पेनिस क्लब एट्लेटिको म्याड्रिडले पोर्चुगिज क्लब पोर्टाेलाई ३–१ ले पराजित गर्दै समूह उपविजेताको रुपमा अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।