काठमाडौं– नेपालको 'पहिलो' इ-कमर्स ब्रान्ड सस्तो डिलले डिसेम्बर १५ (मंसिर २९ गते) आफ्नो १०औं वार्षिकोत्सव मनाउँदैछ।
विदेशमा अध्ययन पूरा गरी स्वदेश फर्किएर नेपालमा केही गर्ने सोचका साथ १० वर्षअघि अमुन थापाले कम्पनीको स्थापना गरेका थिए।
सस्तो डिलले १०औं वर्षको 'कोसेढुङ्गा यात्रा'लाई मनाउन आफ्नो प्रमुख वार्षिक अभियान 'सुपर डे' पनि डिसेम्बर १५ मा सुरु गर्दै छ।
सस्तो डिलको सुपर डेमा ग्राहकले १० हजार रुपैयाँ सम्मको तत्काल छुट भौचरहरू प्राप्त गर्ने सक्नेछन्। यस्तै, नेपालभर नि:शुल्क डेलिभरी प्राप्त गर्न सक्ने पनि सस्तो डिलका मार्केटिङ प्रमुख रितिक शाहीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।