काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आज रातभर बसेर भए पनि सभापतिको उम्मेदवार टुङ्ग्याउनुपर्ने प्रस्ताव राखेका छन्।
प्रकाशमानको सिंहनिवास चाक्सीबारीमा आफ्नोपक्षको साझा उम्मेदवार तय गर्न बसेको बैठकमा पौडेलले उक्त प्रस्ताव राखेका हुन्।
'चार जनामात्रै बसेर भए पनि टुङ्गो लाउनैपर्ने दबाब आएको छ। भोलि बिहानसम्म जसरी पनि टुङ्ग्याउनुस् भनेका छन्,' बैठकमा बोल्ने क्रममा पौडेलले भने, 'आजै रातभर बसेर भए पनि उम्मेदवार टुङ्ग्याउने हो।'
बैठकमा सहभागी गुरु घिमिरेले पनि बैठक साझा उम्मेदवार नटुङ्ग्याएसम्म चल्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।