काठमाडौं- नेपाल राष्ट्र बैंकले अवकाश कोषमा रहेको एक अर्ब २५ करोड रुपैयाँ बैंक तथा वित्तीय क्षेत्रको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ।
उच्चतम ब्याजदर प्रस्ताव गर्ने बैंक तथा वित्तीय कम्पनीमा कोषको पैसा राख्ने भन्दै राष्ट्र बैंकले मङ्गलबार बोलकबोल आह्वान गरेको छ।
कोषमा रहेका कूल एक अर्ब २५ करोड रुपैयाँमध्ये 'क' वर्गका वाणिज्य बैंकहरुमा एक अर्ब रुपैयाँ, 'ख' वर्गका विकास बैंकहरुमा १८ करोड ७५ लाख रुपैयाँ र 'ग' वर्गका वित्त कम्पनीहरुमा छ करोड २५ लाख रुपैयाँ राख्न राष्ट्र बैंकले आवेदन मागेको हो।
उक्त रकम एक वर्षीय मुद्दती निक्षेपमा लिन चाहने बैंकहरूले ब्याजदर प्रस्ताव गर्न सक्ने राष्ट्र बैंकको सूचनामा उल्लेख छ। इच्छुक बैंक तथा वित्त कम्पनीले मङ्सिर २३ गतेभित्र ब्याजदर प्रस्ताव गरिसक्नुपर्ने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।