• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

निर्वाचनका लागि एमालेको ‘गाउँ फर्क’ अभियान : सबै केन्द्रीय नेतालाई भूगोलमा खटाउने तयारी

64x64
बीपी अनमोल मंगलबार, मंसिर २१, २०७८  १७:२५
1140x725

काठमाडौं- पार्टीको १०औं राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले निर्वाचनलाई लक्षित गर्दै देशैभर अभियान तीव्र पार्ने भएको छ। मङ्सिर १० देखि १४ गतेसम्म चितवनमा सम्पन्न भएको महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएपछि एमाले निर्वाचनलाई लक्षित गरेर त्यसमा होमिन लागेको हो।

महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएपछि सौराहामै बसेको पहिलो केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सम्पूर्ण शक्ति निर्वाचनलाई लक्षित गरेर अघि बढ्ने बताएका थिए। उनले केन्द्रीय सदस्यहरुलाई आ-आफ्नो क्षेत्रमा खटिएर निर्वाचनको तयारीमा जुटन निर्देशन दिएका थिए।

आउँदो मङ्सिर २५-२६ मा बोलाइएको केन्द्रीय कमिटी बैठकबाट अबको रणनीतिक योजना पारित गरेर एमालेले देशव्यापी नेता कार्यकर्ता परिचालन गर्ने तयारी गरेको छ। एमाले केन्द्रीय कार्यालयका सचिव एवं केन्द्रीय सदस्य शेरबहादुर तामाङले पार्टीको अबको लक्ष्य निर्वाचन नै भएको बताए।

‘मङ्सिर २५ देखि सुरु हुने केन्द्रीय कमिटीको बैठकले नेताहरुको जिम्मेवारी बाँडफाँट गर्नेदेखि प्रस्ट कार्ययोजना निर्माण गर्नेछ,’ उनले भने, ‘अब सबै नेता कार्यकर्ता आ-आफ्नो भूगोलमा परिचालन हुने छन्।’

एमालेले माघ १५ गतेभित्र सातवटै प्रदेश र ७७ वटै जिल्लाका अधिवेशनहरु गर्ने तयारी गरेको छ। यी अधिवेशनका मिति केन्द्रीय कमिटी बैठकले नै तय गर्नेछ। ‘बैठकले स्थायी कमिटी र पोलिटब्यूरोको गठन गर्नेछ,’ उनले भने, ‘नेताहरुलाई कामको जिम्मेवारी पनि तत्कालै तोकिनेछ।’

४५ सदस्यीय स्थायी कमिटी र ९९ सदस्यीय पोलिटब्यूरो
नेकपा (एमाले)ले आउँदो केन्द्रीय कमिटीको बैठकबाट ४५ सदस्यीय स्थायी कमिटी र ९९ सदस्यीय पोलिटब्यूरो गठन गर्ने भएको छ। त्यसका लागि एमाले अध्यक्ष ओली, महासचिव शंकर पोखरेलसहित ओलीको 'कोर टिम'ले आवश्यक गृहकार्य अघि बढाएको छ।

‘१९ सदस्यीय पदाधिकारीसहित थप २६ जना थपेर स्थायी कमिटी बन्छ। त्यसपछि स्थायी कमिटीमा अन्य नेताहरु थपिएर पोलिटब्यूरो निर्माण हुन्छ,’ ओलीनिकट एक नेता भन्छन्, ‘अहिले नै को पर्ने, नपर्ने भन्दा पनि काम, क्षमता, योग्यताका हिसाबले नेताहरु समेटिने छन्।’

स्थायी कमिटी र पोलिटब्यूरो सदस्य बन्नका लागि एमालेभित्र केन्द्रीय सदस्यहरुले दौडधुप पनि जारी राखेका छन्। तर, ओली र उनको 'कोर टिम'ले आवश्यक अध्ययन गरेर नै क्षमतावान नेताहरुलाई राखेर कमिटी बनाउने तयारी गरिरहेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

एमालेले सातवटै प्रदेश र जिल्लाका इन्चार्ज पनि तोक्ने तयारी गरेको छ। कार्यालय सचिव तामाङले नेताहरुको जिम्मेवारी तोक्ने विषयमा पर्खने काम नहुने बताए। ‘अब हुने निर्वाचनमा पार्टीले एक्लै बहुमत ल्याउने हिसाबले हाम्रो तयारी अघि बढ्छ,’ तामाङ भन्छन्, ‘त्यस हिसाबले पनि नेताहरुलाई भूगोलमा खटाउन ढिला नगरेर तत्कालै सबै टुङ्‍गो लगाउँछौं।’

तीन महिने पार्टी प्रवेश र घर फर्क अभियान 
एमालेले आउँदो केन्द्रीय कमिटीको बैठक सम्पन्न भएलगत्तै देशैभर तीन महिने पार्टी प्रवेश र घर फर्क अभियान चलाउने बताएको छ। सौराहामा नवनिर्वाचित केन्द्रीय कमिटीको शपथपछि बसेको पहिलो बैठकमै अध्यक्ष ओलीले देशभर अभियान चलाउने बताएका थिए। 

‘हामी तीन महिने पार्टी प्रवेश अभियान र घर फर्क अभियान चलाउँछौं,’ तामाङले भने, ‘एमालेमा देखिएको आकर्षणअनुसार अन्य पार्टीबाट प्रवेश गर्न चाहने र अलमलमा रहेका पूर्वएमालेका कार्यकर्ताका लागि पनि घर फर्क अभियान सञ्चालन हुन्छ।’

उनले अन्य पार्टीबाट एमालेमा प्रवेश गर्न चाहने र पूर्वएमालेका अधिकांश कार्यकर्ता पनि पुनः एमालेमै फर्किन चाहेको भन्दै त्यसका लागि छलफल भइरहेको बताए। एमालेले यहीकारण केन्द्रीय कमिटीमा मनोनीत गर्ने १० प्रतिशत केन्द्रीय सदस्यको विषयमा भने तत्कालै निर्णय नगर्ने देखिएको छ।

Xtrem

Xtrem

निर्वाचनअघि १५ लाख पार्टी सदस्य
देशैभर सञ्चालन हुने तीन महिने अभियानबाट आउँदो निर्वाचनसम्म एमालेले पार्टी सदस्यता सङ्ख्या १५ लाख पुर्‍याउने लक्ष्य राखेको छ। त्यसका लागि रणनीतिक रुपमा कार्यक्रम सञ्चालन गर्ने एमालेले जनाएको छ। दशौं राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यासम्म एमालेको पार्टी सदस्यता सङ्ख्या आठ लाख नाघिसकेको छ।

‘अहिले कायम रहेका पार्टी सदस्यको तुलनामा दोब्बर सङ्ख्या बढाउने हिसाबले तयारी गर्दै छौं,’ तामाङले भने, ‘हामी नयाँ सदस्य बनाउनेदेखि नवीकरण गर्न बाँकी रहेकाहरुको नवीकरणको काम गर्छौं।’

असार २८ गते सर्वोच्च अदालतको परमादेशपछि सत्ताबाट बाहिरिएको एमालेले अबको निर्वाचनमा एक्लै दुईतिहाइ बहुमत ल्याउने दाबी गर्दै आइरहेको छ। एमाले अध्यक्ष ओलीले प्रतिस्पर्धी दलहरुलाई एक्ला-एक्लै चुनावमा भिड्न चुनौती दिँदै आएका छन्। 

गठबन्धनमा रहेका पाँच दल मिलेर प्रतिनिधि सभाको निर्वाचनसम्मै जाने बताइरहेका बेला एमाले आक्रामक रुपमा निर्वाचनलक्षित अभियानमा होमिन लागेको हो। पदाधिकारीदेखि केन्द्रीय कमिटी सदस्यहरुलाई भूगोलमै केन्द्रित गराउने रणनीति एमालेको छ।

प्रकाशित मिति: मंगलबार, मंसिर २१, २०७८  १७:२५
  • #नेकपा_एमाले

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
बीपी अनमोल
लेखकबाट थप
कानुनविद्का तीन तर्क, कहिले सकिन्छ सांसदहरुको कार्यकाल?
शेरबहादुर कुँवरः अछामदेखि श्रम मन्त्रालयको नेतृत्वसम्म 
संसद्‌मा विचाराधीन नागरिकता विधेयक यसपटक पारित होला?
सम्बन्धित सामग्री
जिल्लापछि प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, २१ असोजमा एकैदिन प्रदेश अधिवेशन गर्ने मंसिर २६ देखि २८ गतेसम्म काठमाडौँमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको राप्रपाले भदौ मसान्तभित्र ७२ जिल्लाको अधिवेशन सम्पन्न गरि... बुधबार, असोज ७, २०८३
प्रतिनिधि सभामा ‘फोहरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत बैठकमा उक्त विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावको विरोधमा कुनै पनि सूचना प्राप्त नभएपछि मन्त्री लम्सालले विधेयक पेश गरेका हु... बुधबार, असोज ७, २०८३
आँखा रसाएका छन् तर आशा मरेको छैन, भोटेकोशी–त्रिशूली बाढीमा सरकार नागरिकसँगै छ : मन्त्री श्रेष्ठ बुधवार बसेको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै मन्त्री श्रेष्ठले बेपत्ताहरूको खोजी कार्य जारी राख्दै प्रभावितहरूको जीवन साम... बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
जिल्लापछि प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, २१ असोजमा एकैदिन प्रदेश अधिवेशन गर्ने बुधबार, असोज ७, २०८३
बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आह्वान बुधबार, असोज ७, २०८३
प्रतिनिधि सभामा ‘फोहरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत बुधबार, असोज ७, २०८३
आँखा रसाएका छन् तर आशा मरेको छैन, भोटेकोशी–त्रिशूली बाढीमा सरकार नागरिकसँगै छ : मन्त्री श्रेष्ठ बुधबार, असोज ७, २०८३
हितेन्द्रदेव शाक्यलाई पुनर्बहाली गर्न माग, सर्वोच्चले माग्यो सरकारको जवाफ बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्