• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, पुस २७, २०८२ Sun, Jan 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

निर्वाचनका लागि एमालेको ‘गाउँ फर्क’ अभियान : सबै केन्द्रीय नेतालाई भूगोलमा खटाउने तयारी

64x64
बीपी अनमोल मंगलबार, मंसिर २१, २०७८  १७:२५
1140x725

काठमाडौं- पार्टीको १०औं राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले निर्वाचनलाई लक्षित गर्दै देशैभर अभियान तीव्र पार्ने भएको छ। मङ्सिर १० देखि १४ गतेसम्म चितवनमा सम्पन्न भएको महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएपछि एमाले निर्वाचनलाई लक्षित गरेर त्यसमा होमिन लागेको हो।

महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएपछि सौराहामै बसेको पहिलो केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सम्पूर्ण शक्ति निर्वाचनलाई लक्षित गरेर अघि बढ्ने बताएका थिए। उनले केन्द्रीय सदस्यहरुलाई आ-आफ्नो क्षेत्रमा खटिएर निर्वाचनको तयारीमा जुटन निर्देशन दिएका थिए।

आउँदो मङ्सिर २५-२६ मा बोलाइएको केन्द्रीय कमिटी बैठकबाट अबको रणनीतिक योजना पारित गरेर एमालेले देशव्यापी नेता कार्यकर्ता परिचालन गर्ने तयारी गरेको छ। एमाले केन्द्रीय कार्यालयका सचिव एवं केन्द्रीय सदस्य शेरबहादुर तामाङले पार्टीको अबको लक्ष्य निर्वाचन नै भएको बताए।

‘मङ्सिर २५ देखि सुरु हुने केन्द्रीय कमिटीको बैठकले नेताहरुको जिम्मेवारी बाँडफाँट गर्नेदेखि प्रस्ट कार्ययोजना निर्माण गर्नेछ,’ उनले भने, ‘अब सबै नेता कार्यकर्ता आ-आफ्नो भूगोलमा परिचालन हुने छन्।’

एमालेले माघ १५ गतेभित्र सातवटै प्रदेश र ७७ वटै जिल्लाका अधिवेशनहरु गर्ने तयारी गरेको छ। यी अधिवेशनका मिति केन्द्रीय कमिटी बैठकले नै तय गर्नेछ। ‘बैठकले स्थायी कमिटी र पोलिटब्यूरोको गठन गर्नेछ,’ उनले भने, ‘नेताहरुलाई कामको जिम्मेवारी पनि तत्कालै तोकिनेछ।’

४५ सदस्यीय स्थायी कमिटी र ९९ सदस्यीय पोलिटब्यूरो
नेकपा (एमाले)ले आउँदो केन्द्रीय कमिटीको बैठकबाट ४५ सदस्यीय स्थायी कमिटी र ९९ सदस्यीय पोलिटब्यूरो गठन गर्ने भएको छ। त्यसका लागि एमाले अध्यक्ष ओली, महासचिव शंकर पोखरेलसहित ओलीको 'कोर टिम'ले आवश्यक गृहकार्य अघि बढाएको छ।

‘१९ सदस्यीय पदाधिकारीसहित थप २६ जना थपेर स्थायी कमिटी बन्छ। त्यसपछि स्थायी कमिटीमा अन्य नेताहरु थपिएर पोलिटब्यूरो निर्माण हुन्छ,’ ओलीनिकट एक नेता भन्छन्, ‘अहिले नै को पर्ने, नपर्ने भन्दा पनि काम, क्षमता, योग्यताका हिसाबले नेताहरु समेटिने छन्।’

स्थायी कमिटी र पोलिटब्यूरो सदस्य बन्नका लागि एमालेभित्र केन्द्रीय सदस्यहरुले दौडधुप पनि जारी राखेका छन्। तर, ओली र उनको 'कोर टिम'ले आवश्यक अध्ययन गरेर नै क्षमतावान नेताहरुलाई राखेर कमिटी बनाउने तयारी गरिरहेको छ।

Ncell 2
Ncell 2

एमालेले सातवटै प्रदेश र जिल्लाका इन्चार्ज पनि तोक्ने तयारी गरेको छ। कार्यालय सचिव तामाङले नेताहरुको जिम्मेवारी तोक्ने विषयमा पर्खने काम नहुने बताए। ‘अब हुने निर्वाचनमा पार्टीले एक्लै बहुमत ल्याउने हिसाबले हाम्रो तयारी अघि बढ्छ,’ तामाङ भन्छन्, ‘त्यस हिसाबले पनि नेताहरुलाई भूगोलमा खटाउन ढिला नगरेर तत्कालै सबै टुङ्‍गो लगाउँछौं।’

तीन महिने पार्टी प्रवेश र घर फर्क अभियान 
एमालेले आउँदो केन्द्रीय कमिटीको बैठक सम्पन्न भएलगत्तै देशैभर तीन महिने पार्टी प्रवेश र घर फर्क अभियान चलाउने बताएको छ। सौराहामा नवनिर्वाचित केन्द्रीय कमिटीको शपथपछि बसेको पहिलो बैठकमै अध्यक्ष ओलीले देशभर अभियान चलाउने बताएका थिए। 

‘हामी तीन महिने पार्टी प्रवेश अभियान र घर फर्क अभियान चलाउँछौं,’ तामाङले भने, ‘एमालेमा देखिएको आकर्षणअनुसार अन्य पार्टीबाट प्रवेश गर्न चाहने र अलमलमा रहेका पूर्वएमालेका कार्यकर्ताका लागि पनि घर फर्क अभियान सञ्चालन हुन्छ।’

उनले अन्य पार्टीबाट एमालेमा प्रवेश गर्न चाहने र पूर्वएमालेका अधिकांश कार्यकर्ता पनि पुनः एमालेमै फर्किन चाहेको भन्दै त्यसका लागि छलफल भइरहेको बताए। एमालेले यहीकारण केन्द्रीय कमिटीमा मनोनीत गर्ने १० प्रतिशत केन्द्रीय सदस्यको विषयमा भने तत्कालै निर्णय नगर्ने देखिएको छ।

निर्वाचनअघि १५ लाख पार्टी सदस्य
देशैभर सञ्चालन हुने तीन महिने अभियानबाट आउँदो निर्वाचनसम्म एमालेले पार्टी सदस्यता सङ्ख्या १५ लाख पुर्‍याउने लक्ष्य राखेको छ। त्यसका लागि रणनीतिक रुपमा कार्यक्रम सञ्चालन गर्ने एमालेले जनाएको छ। दशौं राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यासम्म एमालेको पार्टी सदस्यता सङ्ख्या आठ लाख नाघिसकेको छ।

‘अहिले कायम रहेका पार्टी सदस्यको तुलनामा दोब्बर सङ्ख्या बढाउने हिसाबले तयारी गर्दै छौं,’ तामाङले भने, ‘हामी नयाँ सदस्य बनाउनेदेखि नवीकरण गर्न बाँकी रहेकाहरुको नवीकरणको काम गर्छौं।’

असार २८ गते सर्वोच्च अदालतको परमादेशपछि सत्ताबाट बाहिरिएको एमालेले अबको निर्वाचनमा एक्लै दुईतिहाइ बहुमत ल्याउने दाबी गर्दै आइरहेको छ। एमाले अध्यक्ष ओलीले प्रतिस्पर्धी दलहरुलाई एक्ला-एक्लै चुनावमा भिड्न चुनौती दिँदै आएका छन्। 

गठबन्धनमा रहेका पाँच दल मिलेर प्रतिनिधि सभाको निर्वाचनसम्मै जाने बताइरहेका बेला एमाले आक्रामक रुपमा निर्वाचनलक्षित अभियानमा होमिन लागेको हो। पदाधिकारीदेखि केन्द्रीय कमिटी सदस्यहरुलाई भूगोलमै केन्द्रित गराउने रणनीति एमालेको छ।

प्रकाशित मिति: मंगलबार, मंसिर २१, २०७८  १७:२५
  • #नेकपा_एमाले

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
बीपी अनमोल
लेखकबाट थप
कानुनविद्का तीन तर्क, कहिले सकिन्छ सांसदहरुको कार्यकाल?
शेरबहादुर कुँवरः अछामदेखि श्रम मन्त्रालयको नेतृत्वसम्म 
संसद्‌मा विचाराधीन नागरिकता विधेयक यसपटक पारित होला?
सम्बन्धित सामग्री
उज्यालो नेपाल पार्टीले गर्‍यो प्रत्यक्षतर्फको उम्मेदवारी आह्वान यही पुस ३० गतेभित्र इच्छुक उम्मेदवारलाई सम्पर्क गर्न सो पार्टीले आह्वान जारी गरेको प्रवक्ता डा राजु थापाले जानकारी दिए । शनिबार, पुस २६, २०८२
रास्वपामा साधारण सदस्य नै बन्छु भनेर ठूलो पद मागेको थिइनँ : कुलमान घिसिङ ‘म आफैं एउटा उपाध्यक्ष त्यो पनि वरीयतामा तल रहेर पनि सहेर गएको थिएँ । अन्तिम चरणमा मैले एउटा प्रस्ताव पनि गरेको थिएँ,’ घिसिङले भने,... शनिबार, पुस २६, २०८२
‘पहिले देश नबनेकोमा चिन्ता थियो, अहिले देश नरहने भन्ने चिन्ता छ’: ज्ञानेन्द्र शाह सन्देशमा उनले भनेका छन्, ‘हिजो देश नबनेकोमा चिन्ता थियो, आज देश नै नबच्ने हो कि भन्ने निराशा पैदा भएको छ।’ पूर्वराजा शाहले सबै जात,... शनिबार, पुस २६, २०८२
ताजा समाचारसबै
उज्यालो नेपाल पार्टीले गर्‍यो प्रत्यक्षतर्फको उम्मेदवारी आह्वान शनिबार, पुस २६, २०८२
रास्वपामा साधारण सदस्य नै बन्छु भनेर ठूलो पद मागेको थिइनँ : कुलमान घिसिङ शनिबार, पुस २६, २०८२
पूर्वराज्यमन्त्री चौधरीको निधन शनिबार, पुस २६, २०८२
‘पहिले देश नबनेकोमा चिन्ता थियो, अहिले देश नरहने भन्ने चिन्ता छ’: ज्ञानेन्द्र शाह शनिबार, पुस २६, २०८२
रुकुम पूर्वबाट चुनाव लड्ने प्रचण्डको घोषणा शनिबार, पुस २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
कांग्रेस विशेष महाधिवेशन पक्षधरको पदयात्रा कार्यक्रम स्थगित शनिबार, पुस २६, २०८२
संगठनको विशेष महाधिवेशनको विपक्षमा कांग्रेसका १७ भ्रातृ वक्तव्य, चुनावमा केन्द्रित हुन आह्वान शुक्रबार, पुस २५, २०८२
कांग्रेसभित्रको विवाद उत्कर्षमा: संस्थापन पक्षले आज पत्रकार सम्मेलन गर्दै शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्