काठमाडौं– कांग्रेसका युवा नेता मनोजमणि आचार्यले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन्। आसन्न महााधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवारी दिने उनले नेपाल लाइभसँग बताए।
नेपाल विद्यार्थी संघको राजनीतिबाट कांंग्रेस राजनीतिमा प्रवेश गरेका आचार्य रोल्पाका हुन्। आचार्य संघको केन्द्रीय सदस्य, उपाध्यक्ष र महामन्त्री बनेका थिए। संघको गत अधिवेशनमा सभापतिका प्रत्यासी आचार्य पराजित भएका थिए।
पार्टीको पौडेल पक्षमा निकट रहेका आचार्यले खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।