काठमाडौं– कांग्रेस केन्द्रीय सदस्य जीवन परियारले सहमहामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन्। मंगलबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी उनले सहमहामन्त्रीमा उम्मेदवारी घोषणा गरेका हुन्। कांग्रेसको हालको विधानमा भएको व्यवस्था अनुसार उनले समावेशी कोटाबाट उम्मेदवारी घोषणा गरेका हुन्।
हालको विधान अनुसार दलितलाई पनि पदाधिकारीमा सहभागिता गराउने गरी सह महामन्त्री पद राखिएको छ। पार्टी स्थापना गर्दा नै बिपी कोइरालाले कार्यसमितिमा दलितलाई समावेश गरेको बताउँदै उनले प्रजाान्त्रिक समाजवादी विचारधारालाई व्यावहारिक बनाउन आफूले उम्मेदवारी घोषणा गरेको उनले बताए।
पार्टीमा दलित समुदायलाई बढी भन्दा बढी सहभागिता गराउन पहल गर्ने बतउँदै उनले पार्टीको संगठनलाई चुस्त बनाउन योगदान गर्ने बताए।
परियारले यसअघि विधान मस्यौदामा रहेर भूमिका निर्वाह गरेका थिए। उनी क्रियाशील सदस्यता छानविन समितिमा समेत सदस्य रहेर थिए।
कास्की १ का परियार कास्की दलित संघको संस्थापक सचिवसमेत हुन्। उनी यसअघि दलित संघको केन्द्रीय सदस्य, केन्द्रीय सचिव हुँदै महासचिव भइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।