काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडले पक्षका युवा नेताको बैठक बस्दै छ।
बैठकमा आसन्न महाधिवेशनमा संस्थापनइतरबाट सभापतिमा एकल उम्मेदवार तय गर्न शीर्ष नेतृत्वलाई दबाब दिने सन्दर्भमा छलफल हुने एक नेताले बताए। सो समूहले सभापतिमा एकल उम्मेदवार बनाउने अवस्था नभए युवाबाटै सभापतिको उम्मेदवार तय गर्ने विषयमा पनि छलफल हुने उनको भनाइ छ।
युवा नेताहरुको बैठक बिहान ९बजे बत्तीसपुतलीमा बस्दै छ।
यसैबीच आफ्नो पक्षबाट साझा उम्मेदवार तय गर्न आजै संस्थापनइतरले केन्द्रीय सदस्यहरुको बैठकसमेत बोलाएको छ। बैठक दिउँसो १ बजे नेता प्रकाशमान सिंहनिवासमा बस्दै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।