काठमाडौं– इंग्लिस प्रिमियर लिगअन्तर्गत एभर्टनले आर्सनललाई पराजित गरेको छ। एभर्टनले घरेलु मैदानमा आर्सनलमाथि २–१ को जित निकालेको हो।
गुडिसन पार्कमा सोमबार राति सम्पन्न खेलमा घरेलु टोलीको जितमा रिचार्लिसन र डिमाराई ग्रेले गोल गरे। आर्सनलका मार्टिन ओडेगार्डले गोल गरेका थिए।
खेलको पहिलो हाफको इन्ज्युरी समयमा मार्टिन ओडेगार्डले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए।
खेलको ७९औं मिनेटमा रिचार्लिसनले गोल गर्दै खेललाई बराबरीमा ल्याए।
डेमाराई ग्रेको प्रहार क्रसबारमा लागेर फर्कदा रिचार्लिसनले रिवाउन्डमा हेडरमार्फत गोल गरेका थिए। खेलको इन्ज्युरी समयमा डेमाराई ग्रेले गोल गर्दै गर्दै एभर्टनलाई जित दिलाए। उनले आन्द्रे गोमेजको पासमा गोल गरेका थिए।
जितसँगै एभर्टन १५ खेलबाट १८ अंक जोडेर १२औं स्थानमा उक्लिएको छ। पराजित आर्सनल २३ अंकका साथ सातौं स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।