काठमाडौं– बंगलादेशमा हुने साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोली आज (मंगलबार) ढाका प्रस्थान गर्दैछ।
नेपाली टोली दिउँसो १ः४५ बजे ढाका प्रस्थान गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ। एन्फाले एककार्यक्रम गरी सोमबार नै महिला यू–१९ टोलीलाई बिदाइ गरेको थियो। प्रतियोगिता डिसेम्बर ११ देखि २२ तारिखसम्म ढाकामा आयोजना हुनेछ।
च्याम्पियनसिपका लागि मुख्य प्रशिक्षक हरि ओम श्रेष्ठले २३ सदस्यीय टिमको घोषणा गरिसकेका छन्। नेपालले यस संस्करणको उपाधि जित्ने लक्ष्य लिएको छ । अघिल्लो पटक नेपाल उपविजेता बनेको थियो।
प्रतियोगितामा आयोजक बंगालदेशसँगै नेपाल, भुटान, भारत र श्रीलंकाले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्।नेपालले आफ्नो पहिलो खेल आयोजक बंगालदेशविरुद्ध डिसेम्बर ११ तारिखमा खेल्नेछ।
दोस्रो खेल श्रीलंकाविरुद्ध १५ तथा तेस्रो खेलमा भुटानविरुद्ध १७ डिसेम्बरमा खेल्नेछ। चौथो खेल नेपालले भारतविरुद्ध १९ डिसेम्बरमा खेल्ने छ।अंक तालिकाका शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछन्। फाइनल २२ डिसेम्बरमा हुनेछ।
नेपाली टोली :
अन्जना रानामगर, सावित्री किशन, अंकिता राई, सलोनी रानामगर, सबिना चौधरी, मन्जुकुमारी खड्का, हिमा रावत, प्रतिक्षा चौधरी, सुष्मा तामाङ, रोजिना श्रेष्ठ, रजनी थोकर, विमला बिक, रश्मीकुमारी घिसिङ, सदीपा भोलान, चन्द्रा भण्डारी, खुश्मा राई, दिपा शाही, कुसुम खतिवडा, सबिता रानामगर, सरस्वती हमाल, प्रिती राई, अमिशा कार्की, मेनुकाकुमारी आले मगर।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।