काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर पक्षले सभापतिमा साझा उम्मेदवार उठाउनेबारे छलफल गरेको छ।
सोमबार साँझ वरिष्ठ नेता रामचन्द्र पौडेलको बोहराटारस्थित निवासमा बसेको शीर्षनेताहरुको बैठकमा साझा उम्मेदवार उठाउनेबारे सकारात्मक छलफल भएको एक नेताले बताए। बैठकले यसका लागि आफूपक्षीय केन्द्रीय सदस्यहरुसँग छलफल गर्ने निर्णय गरेको उनले बताए।
केन्द्रीय सदस्यहरुसँग छलफलका लागि मंगलबार दिउँसो १ बजे नेता प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा बैठक बोलाइएको छ।
सोमबार साँझको बैठकमा पौडेलसहित सभापतिका आकांक्षीहरु सिंह, शेखर कोइराला र शशांक कोइराला सहभागी थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।