काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कार्यकर्तालाई निरुत्साहित नहुन अपिल गरेका छन्।
पार्टी इतिहासमै कमजोर रहेको उल्लेख गर्दै पौडेलले सिद्धान्त र आदर्श अनुरुप क्रियाशील हुन कार्यकर्तामा आव्हान गरेका छन्। पार्टीलाई स्वच्छ र जनमुखी बनाउने कार्यमा उत्साहपूर्वक लाग्न पनि पौडेलले अनुरोध गरेका छन्।
सोमबार साँझ कार्यकर्ता माझ अपिल गर्दै पौडेलले राजनीतिलाई सम्मानित बनाउने अभियानमा सक्रिय हुन आग्रह गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।