काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आसन्न १४ औं महाधिवेशन केन्द्रित सम्पर्क कार्यालय सुरु गर्ने भएका छन्।
सभापतिको उम्मेदवारी घोषणा गरेका सिंहले मंगलबारदेखि कार्यालयलाई औपचारिक सुरु गर्ने भएका हुन्।
महाधिवेशन प्रतिनिधि तथा कार्यकर्तालाई भेट गर्नका लागि सिहंदरबारको मूल गेट अगाडि रहेको यलम्बर पार्टी प्यालेसमा सम्पर्क कार्यालय सुरु गरिएको सिंहमा प्रेस संयोजक युपी लामिछानेले जानकारी दिए।
कांग्रेस महाधिवेशन २४ मंसिरबाट सुरु हुँदैछ। सिंहको समूहमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला र नेता डा शेखर कोइरालाले पनि उम्मेदवारी दिने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।