म्याग्दी- नेपाली कांग्रेस म्याग्दीका पूर्वसभापति तथा संविधानसभा सदस्य रेशमबहादुर बानियाँले कांग्रेसको १४औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।
उम्मेदवारी घोषणासँगै उनले जिल्ला र प्रदेशका नेता, कार्यकर्ता र केन्द्रीय नेतासँग चुनावी अभियानसमेत तीव्र पारेका छन्।
बानियाँ वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट हुन्। म्याग्दी कांग्रेसमा दुई कार्यकाल सचिव, दुई कार्यकाल उपसभापति हुँदै एक कार्यकाल सभापति बनेका बानियाँ यसपटक संस्थापन र संस्थापनइतर दुवै समूहको साझा उम्मेदवारका रुपमा महाधिवेशन प्रतिनिधि निर्वाचित भएका हुन्।
२०७० सालको दोस्रो संविधानसभा निर्वाचनपछि मन्त्रिपरिषद्बाट मनोनीत हुने २७ जनाको सूचीमा उनी संविधानसभा सदस्य बनेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।