काठमाडौं– १४औं महाधिवेशनमा नेपाली कांग्रेसको संस्थापन इतर (पौडेल) पक्षबाट सभापतिका आकांक्षी ४ नेता छलफलमा जुटेका छन्।
वरिष्ठ नेता रामचन्द्र पौडेलको निवास बोहोराटारमा ४ नेता छलफलमा जुटेका हुन्।
बैठकमा पौडेलसहित सभापतिका आकांक्षीहरु महामन्त्री डा शशांक कोइराला तथा नेताहरु प्रकाशमान सिंह र शेखर कोइराला सहभागी छन्।
बैठकमा संस्थापन इतर पक्षबाट १ जना मात्रै सभापतिको उम्मेदवार अगाडि सार्ने विषयमा छलफल हुने नेताहरुले जानकारी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।