काठमाडौं– युथ एथलेटिक्स च्याम्पियनसिपको पहिलो दिन ३ हजार मिटर दौडको पुरुषमा जुम्लाका प्रकाश कठायत र महिलामा जुम्लाकै राममाया बुढाले स्वर्ण पदक जितेका छन्।
दशरथ रंगशालामा सोमबार च्याम्पियनसिपको पुरुष ३ हजार मिटरको दौडमा प्रकाशले निरधारित दूरी ९ मिनेट २२.७ सेकेण्डमा पूरा गर्दै पहिलो स्थान प्राप्त गरेका थिए। कपिलवस्तुका अजय पाण्डे ९ मिनेट ४० सेकेण्डका साथ रजत र ललितपुरका महेश सिडालीले ९ मिनेट ४१ सेकेण्डका साथ कास्य पदक जितेका थिए।
यता, महिला ३ हजारमा रामायाले १० मिनेट ४४.५ सेकेण्डमा दौड पूरा गर्दै स्वर्ण पदक जितिन्। यस्तै, जुम्लाकै बन्दना बुढा र सुर्खेतकी विमला कार्कीले कास्य पदक जितेकी थिइन्।
वन्दनाले ११ मिनेट २१.९ र विमलाले ११ मिनेट ४३ सेकेण्डमा दौड पूरा गरेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।