काठमाडौं– नेपाली कांग्रेस लुम्बिनी प्रदेशको सभापतिमा अमरसिंह पुन विजयी भएका छन्। संस्थापन पक्षका भरत शाहलाई पराजित गर्दै पुन सभापतिमा विजयी भएका हुन्। विजयी पुनले ८५२ मत ल्याए भने शाहले ७६७ मत ल्याए।
अन्य पदाधिकारीमा पनि पुन पक्षकै वर्चस्व रहेको छ। उपसभापतिमा भने संस्थापन पक्षका राजु खनाल विजयी भएका छन्। पुन समूहबाट उपसभापतिमा भुवन श्रेष्ठ, महामन्त्रीमा विक्रम खनाल र सुरेन्द्रराज आचार्य, सहमहामन्त्रीमा निमा गिरी, बिष्णु खनाल र खगराज पाण्डे विजयी भएका छन्।
१४औं महाधिवेशनअन्तर्गत भएको प्रदेश अधिवेशनमा कुल १ हजार ६३१ मत खसेको थियो। प्रदेशको नेतृत्वको लागि शनिबार मतदान भएपनि आइतबार बिहानबाट मतगणना सुरू भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।