काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत टोटेनहमले जित हात पारेकोे छ।आइतबार राति सम्पन्न खेलमा टोटेनहमले नर्विच सिटीलाई ३–० ले पराजित गरेको हो।
घरेलु मैदानमा सम्पन्न खेलमा लुकास मौराको गोलमा टोटेनहमले सुरुआती अग्रता लिउको थियो। उनले खेलको १०औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए।
त्यसपछि खेलको ६७ औं मिनेटमा डेभिनसन सान्चेजले गोल गर्दै टोटेनहमलाई २–० को स्थितिमा पुर्याए।
खेलको ७७औं मिनेटमा सन ह्युङ मिनले गोल गर्दै टोटेनहमलाई ३–० को जित दिलाए।
जितसँगै १४ खेलबाट २५ अंक जोडेको टोटेनहम लिग तालिकाको पाँचौं स्थानमा रहेको छ। पराजित नर्विच भने १० अंकका साथ तालिकाको पुछारमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।