काठमाडौं– नेपाली कांग्रेसको लुम्बिनी प्रदेश समितिका लागि भएको अधिवेशनअन्तर्गत जारी मतगणनामा अमरसिंह पुन जितनजिक पुगेका छन्।
अन्य पदाधिकारीमा पनि पुन प्यानलले नै अग्रता कायम गरेको छ। पुन कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल निकट हुन् भने शाह सभापति शेरबहादुर देउवा समूहका नेतामा पर्छन्।
अहिले १५ सय २३ मत गणना हुँदा सभापतिका उम्मेदवार पुन १ सय ६ मतले अगाडि रहेका छन्। अब कुल १ सय ८ मतमात्र गणना हुन बाँकी छ। अहिले संस्थापन पक्षका उम्मेदवार भरत शाहले ७०२ मत प्राप्त गरेका छन्।
१४औं महाधिवेशनअन्तर्गत भएको प्रदेश अधिवेशनमा कुल १ हजार ६३१ मत खसेको थियो।
प्रदेशको नेतृत्वको लागि शनिबार मतदान भएपनि आइतबार बिहानबाट मतगणना सुरू भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।