काठमाडौं– नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत प्रदेश १ को अधिवेशनमा संस्थापन इतर (रामचन्द्र पौडेल) पक्षबाट प्रदेश समिति सभापतिका उम्मेदवार गुरुराज घिमिरेले अग्रता कायमै राखेका छन्।
१ हजार २०० मत गणना हुँदा घिमिरेले ६१२ मत ल्याएका छन्। सभापति शेरबहादुर देउवा तथा नेता कृष्ण सिटौलाको समर्थन प्राप्त उद्धव थापाले ५६७ मत ल्याएका छन्।
पछिल्लो मत परिणामअनुसार पौडेल पक्षका घिमिरे संस्थापन पक्षका उम्मेदवार थापाभन्दा ४५ मतले अगाडि छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।