काठमाडौं– अन्तरिम प्रशिक्षक राल्फ राङनिकको पहिलो खेलमै म्यानचेस्टर युनाइटेडले जित हात पारेको छ।
प्रिमियर लिग फुटबलअन्तर्गत घरेलु मैदान ओल्ड ट्राफोर्डमा आइतबार राति सम्पन्न खेलमा युनाइटेडले क्रिस्टल प्यालेसलाई १-० गोलअन्तरले पराजित गरेको हो।
युनाइटेडलाई जित दिलाउन फ्रेडले गरेको एक मात्रै गोल निर्णायक बन्यो। खेलको ७७औं मिनेटमा ग्रीनउडको पासमा फ्रेडले गोल गरेका हुन्।
निरन्तरको खराब प्रदर्शनपछि ओल गन सोल्सारलाई बर्खास्त गरेको थियो। उनको स्थानमा युनाइटेडले यस सिजनको अन्तिमसम्मका लागि राङनिकलाई अन्तरिम प्रशिक्षक चयन गरेको छ।
जितसँगै युनाइटेडले १५ खेलमा २४ अंक जोडेको छ। युनाइटेड छैटौं स्थानमा उक्लिएको छ । यता, पराजित प्यालेस १६ अंक जोडेर १२औं स्थानमा रहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।