बुटवल– नेपाली कांग्रेसको लुम्बिनी प्रदेश समितिका लागि भएको अधिवेशनअन्तर्गत जारी मतगणनामा अमरसिंह पुनले अग्रता कायम राखेका छन्।
९१६ मत गणना हुँदा संस्थापन इतर (पौडेल) पक्षबाट सभापतिका उम्मेदवार पुन ८१ मतले अगाडि लागेका छन्।
पुनले ४९४ मत ल्याएका छन्। संस्थापन (सभापति शेरबहादुर देउवा) पक्षका उम्मेदवार भरत शाहले ४१३ मत प्राप्त गरेका छन्।
१४औं महाधिवेशनअन्तर्गत भएको प्रदेश अधिवेशनमा कूल १ हजार ६३१ मत खसेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।