काठमाडौं– नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत बागमती प्रदेश समितिको सभापतिका लागि भएको दोस्रो चरणको मतदानपछिको जारी मतगणनामा इन्द्र बानियाँले अग्रता कायमै राखेका छन्।
१३०८ मत गणना हुँदा कांग्रेस संस्थापन (सभापति शेरबहादुर देउवा) पक्षका इन्द्र बानियाँले १०२ मतको अग्रता कायम गरेका छन्। उनले ७०१ मत ल्याएका छन्।
यता, संस्थापन इतर (पौडेल) पक्षका जगदिश्वर नरसिंह केसीले ५९९ मत पाएका छन्।
शनिबार भएको पहिलो चरणको मतदानमा चुनावी प्रतिस्पर्धामा उत्रिएका ३ जना उम्मेदवारमध्ये कसैले पनि खसेको मतको ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि दोस्रो चरणको मतदान भएको हो।
पहिलो चरणको मतदानबाट बाहिरिएका भीमसेनदास प्रधानले संस्थापन पक्षका बानियाँलाई समर्थन गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।