काठमाडौं- नेपाली कांग्रेसको प्रदेश १ अधिवेशनमा सभापतिका उम्मेदवार गुरुराज घिमिरेले २९ मतका साथ आफ्नो अग्रतालाई कायमै राखेका छन्।
९०० मतगणना हुँदा संस्थापनइतरका नेता घिमिरेले ४४८ मत ल्याएका छन्। सभापतिका अर्का प्रतिस्पर्धी उद्धव थापाले ४१९ मत ल्याएका छन्।
थापा नेता कृष्ण सिटौलापक्षका उम्मेदवार हुन्। उनलाई संस्थापनपक्षले सहयोग गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।