बुटवल– नेपाली कांग्रेसको लुम्बिनी प्रदेश समितिका लागि भएको अधिवेशनअन्तर्गत जारी मतगणनामा अमरसिंह पुनले आफ्नो अग्रता कायमै राखेका छन्।
७३० मत गणना हुँदा संस्थापन इतर (पौडेल) पक्षबाट सभापतिका उम्मेदवार पुनले ४०२ मत ल्याएका छन्। यस्तै, संस्थापन (सभापति शेरबहादुर देउवा) पक्षका उम्मेदवार भरत शाहले ३२४ मत प्राप्त गरेका छन्। शाहभन्दा पुन ७८ मतले अघि छन्।
१४औं महाधिवेशनअन्तर्गत भएको प्रदेश अधिवेशनमा कूल १ हजार ६३१ मत खसेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।