काठमाडौं– नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत बागमती प्रदेश समितिको सभापतिका लागि भएको दोस्रो चरणको मतदानपछि मतगणना सुरु भएको छ।
दोस्रो चरणको मतदानमा कांग्रेस संस्थापन (सभापति शेरबहादुर देउवा) पक्षबाट इन्द्र बानियाँ र संस्थापन इतर (पौडेल) पक्षबाट जगदिश्वर नरसिंह केसी प्रतिस्पर्धामा छन्।
५०० मत गणना हुँदासम्म संस्थापन इतर पक्षका केसीले १३ मतले अग्रता लिएका छन्। केसीले २५६ मत प्राप्त गर्दा संस्थापन पक्षका बानियाँले २४३ मत ल्याएका छन्।
शनिबार भएको पहिलो चरणको मतदानमा चुनावी प्रतिस्पर्धामा उत्रिएका ३ जना उम्मेदवारमध्ये कसैले पनि खसेको मतको ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि दोस्रो चरणको मतदान भएको हो।
पहिलो चरणको मतदानबाट बाहिरिएका भीमसेनदास प्रधानले संस्थापन पक्षका बानियाँलाई समर्थन गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।