काठमाडौं- नेपाली कांग्रेसको प्रदेश १ अधिवेशनमा सभापतिका उम्मेदवार गुरुराज घिमिरेले ४४ मतका साथ आफ्नो अग्रतालाई कायमै राखेका छन्।
संस्थापनइतरका नेता घिमिरेले ४०८ मत ल्याएका छन्। ८०० मतगणना हुँदा घिमिरेले उक्त मत ल्याएका हुन्। सभापतिका अर्का प्रतिस्पर्धी उद्धव थापाले ३६४ मत ल्याएका छन्।
थापा नेता कृष्ण सिटौलापक्षका उम्मेदवार हुन्। उनलाई संस्थापनपक्षले सहयोग गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।