काठमाडौं– नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत प्रदेश १ समितिको सभापतिका उम्मेदवार गुरुराज घिमिरेले अग्रता कायमै राखेका छन्।
प्रदेश १ को कांग्रेस सभापतिका लागि संस्थापन इतर (पौडेल) पक्षबाट घिमिरे र संस्थापन (सभापति देउवा र नेता कृष्ण सिटौला) पक्षबाट उद्धव थापा प्रतिस्पर्धी छन्।
६०० मत गणना हुँदा घिमिरेले २९९ मत ल्याएका छन्। थापाले २७६ मत ल्याएको निर्वाचन समितिले जानकारी दिएको छ।
पछिल्लो पटक सार्वजनिक परिणामअनुसार घिमिरेको अग्रता केही खुम्चिएको छ। ४०० मत गणना हुँदाको परिणामअनुसार घिमिरे ३८ मतले अगाडि थिए भने अहिले अग्रता खुम्चिएर २३ मतमा झरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।