काठमाडौं– कप्तान भरत खवासको निर्णायक गोलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा पहिलो जित निकालेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा आइतबार सम्पन्न दिनको एक मात्रै खेलमा ब्रिगेड ब्वाइज क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै आर्मीले पहिलो जित निकालेको हो। आर्मीले पहिलो जितका लागि दोस्रो हाफसम्म कुर्नु परेको थियो।
नवौं मिनेटमा ब्रिगेडका रुडी जुनियरले पेनाल्टी एरिया भन्दा बाहिरबाट प्रहार गरेको बल आर्मीका गोलकिपर विकेश कुथुले सहजै पञ्च गरे।
पहिलो हाफको इन्जुरी समयमा ब्रिगेडका शिशिर लेखिकको कर्नरमा ब्रेटराण्ड ओटोउको ‘फ्री हेडर’ क्रसबार भन्दामाथिबाट बाहिरियो।
६१औं मिनेटमा आर्मीका विवेक बस्नेतको प्रहार ब्रिगेडका मनोज राईले गोललाइनबाट हेडमार्फत् क्लियर गर्दिए।
८२औं मिनेटमा आर्मीका सन्तोष तामाङको क्रसमा टेकबहादुर बुढाथोकीले ६ यार्ड बक्सभित्रबाट गोलको अवसर गुमाए।
८५औं मिनेटमा कप्तान भरतले गोल गर्दै आर्मीलाई अग्रता दिलाए। मैदानको मध्य भागबाट सन्तोष तामाङले उपलब्ध गराएको बलमा भरतले गोल गरे। जुन खेलको निर्णायक गोल बन्यो।
जितसँगै आर्मीले ३ खेलमा ५ अंक जोडेको छ। आर्मी चौंथो स्थानमा उक्लिएको छ।
यता, पराजित ब्रिगेड ४ अंक जोडेर सातौं स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।