काठमाडौं- नेपाली कांग्रेसको प्रदेश १ अधिवेशनमा सभापतिका उम्मेदवार गुरुराज घिमिरेले आफ्नो अग्रतालाई कायमै राखेका छन्।
संस्थापनइतरका नेता घिमिरेले २१२ मत ल्याएका छन्। ४०० मतगणना हुँदा घिमिरेले उक्त मत ल्याएका हुन्। सभापतिका अर्का प्रतिस्पर्धी उद्धव थापाले १७४ मत ल्याएका छन्। थापा नेता कृष्ण सिटौलापक्षका उम्मेदवार हुन्। उनलाई संस्थापनपक्षले सहयोग गरेको छ।
उपसभापतिका चार उम्मेदवारमा गोविन्दप्रसाद ढुंगाना ( केदार ) ले १७३, टंकप्रसाद राईले १८१, रमेशजंग रायमाझीले १८६ र विश्वनाथ रिजाल (त्रिलोचन) ले १६७ मत प्राप्त गरेका छन्।
महामन्त्रीमा उमेश थापाले १९५, दिपनकुमार श्रेष्ठले १८३, पदमसुन्दर पालुङ्गवाले १६६ र भूपेन्द्र राई १७९, सहमहामन्त्री एक महिलामा प्रमिला गच्छदारले १७५ र सीता कार्कीले १८८ मत प्राप्त गरे। सहमहामन्त्री खुलाका लागि परेको पाँच उम्मेदवारी मध्ये खड्ग फागाले २२७, रोहितकुमार शाहले १५१, विनोदकुमार बस्नेतले १६८, वीरकाजी राईले १५८ र शुभचन्द्र राईले १४ मत प्राप्त गरेका छन्।
शनिबार सकिएको मतदानको गणना आइतबार अपराह्नदेखि सुरु भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।