काठमाडौं– नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत बागमती प्रदेश समितिको सभापतिका लागि भएको दोस्रो चरणको मतदानमा २ हजार मत खसेको छ।
पहिलो चरणको मतदानभन्दा दोस्रो चरणको मतदानमा ७२ मत कम खसेको सभापतिका उम्मेदवार जगदिश्वर नरसिंह केसीले जानकारी दिए।
शनिबार भएको मतदानमा २०७२ मत खसेको थियो। पहिलो चरणको निर्वाचनमा सभापतिका ३ जना तिस्पर्धीमध्ये कसैले पनि ५१ प्रतिशत मत कटाउन नसकेपछि आइतबार (आज) दोस्रो चरणको मतदान भएको हो।
दोस्रो चरणमा संस्थापन (पार्टी सभापति शेरबहादुर देउवा) पक्षका इन्द्र बानियाँ र पौडेल पक्षका जगदिश्वर नरसिंह केसीबीच प्रतिस्पर्धा भएको छ। तेस्रो स्थानको मत ल्याएका भीमसेनदास प्रधानले संस्थापन पक्षका बानियाँलाई सहयोग गरेका छन्।
मतदान सकिएको र मतगणना सुरु गर्ने तयारी गरिएको छ। एक घन्टापछि मतगणना सुरु हुने केसीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।